coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनप्रतिनिधिले एक महिनाको तलब सहयोग गर्ने

धादिङ- धादिङको गजुरी गाउँपालिकाले ‘कोभिड १९ संक्रामक रोग नियन्त्रण कोष’ खडा गरेको छ। गजुरीमा रहेको माछापुच्छ्रे बैकमा जम्मा हुने गरि कोष खडा गरेको हो। कोषलाई प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट संचालन गर्ने तथा गजुरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको एक महिनाको तलव सोही कोषमा जम्मा गर्ने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत युबराज अर्यालले जानकारी दिए।

कोषमा विपद् व्यवस्थापनका लागि संघ, प्रदेश, विभिन्न गैर सरकारी सस्था तथा ब्यक्तिहरुबाट प्राप्त हुने/भएका सबै सहयोग रकमहरु राखिने र त्यहीबाट परिचालन गर्ने बताइएको छ। साथै पालिकाभित्रको जोखिममा परेका परिवारलाई नगद सहयोग गर्न चाहनेहरुलाई पालिकाको राष्ट्रिय बाणिज्य बैैकमा रहेको विविध खातामा (खाता नम्वर १०५०३०२०७६७०२) रकम जम्मा गर्न पनि आग्रह गरेको छ।

सबै वडाभित्र रहेका जोखिममा परेका परिवारहरुलाई तत्काल राहत दिनको लागि वडाले तथ्याङक संकलन गर्ने र ती परिवारहरुको आवश्यकता पहिचान गरि टास्क फोर्स मार्फत राहत वितरण गरिने अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिए।

त्यस्तै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै सिद्धलेक गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जनप्रतिनिधिहरुले सहयोग गर्ने भएको छ। जसमा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलबालले २५ हजार, उपाध्यक्ष कमला शर्माले २० हजार, वडा अध्यक्षहरुले १५ हजार, कार्यपालिका सदस्यहरुले १० हजार, वडा सदस्यहरुले ५ हजार कोषमा जम्मा गर्ने बताइएको छ।

गाउँपालिकाभित्र रहेका शिक्षक तथा कर्मचारीहरुलाई ५/५ दिनको पारिश्रमिक बापतको रकम उक्त कोषमा जम्मा गर्न गाउँपालिकाले आग्रह गरेको छ। कोषमा जम्मा भएको रकमले मजदुर तथा विपन्न परिवारलाई राहत सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७६ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App