coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वडाध्यक्षको नेतृत्वमा संयुक्त गस्ती

रसुवा- रसुवाको नौकुण्ड गाउँपालिकामा कोरोना भाइरसको बारे जनकारी दिनका लागि संयुक्त गस्ती सुरु भएको छ। गाउँपालिकाको ६ वटै वडाका वडाध्यक्षले संयुक्त गस्ती गरिरहेका हुन्। गाउँपालिकाभित्र कोरोना बारे जानकारी दिने, सचेत गराउने र बाहिरबाट आएका व्यक्तिको निरीक्षण गर्नका लागि गस्ती भएको हो।

वडाहरूमा वडाध्यक्ष र प्रहरीको संयुक्त सहभागितामा गस्ती भइरहेको गाउँपालिकाले जनाएको छ। ‘मोटरसाइकल गस्ती’ ले घरबाहिर ननिस्किनका लागि अनुरोध गर्ने तथा माइकिङ गर्ने काम भइरहेको छ।

गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष कान्छा तामाङले वडामा अहिले लकडाउन पूर्ण रूपमा कार्यान्वयन भएको बताए। ‘अहिले एक वडाबाट अर्को वडामा आवजावत बन्द भएको छ,’ उनले भने, ‘अत्यावश्यक काममा बाहेक मान्छे घरबाहिर निस्किएका छैनन्।’

गाउँमा आलु तथा मकै रोप्दा समेत पाँच जना भन्दा बढीको उपस्थिति नरहेको उनले जानकारी दिए। गाउँमा सञ्चालन भएको हेल्थ डेक्स तथा गाउँ अवस्था बारे बुझ्ने काम उनले नियमित गरिरहेका छन्। चैत १० गतेदेखि हालसम्म यस वडामा गाउँपालिकाकै आरुखर्क र घोर्मुबाट ३० जना आएका छन्। त्यहाँबाट खेतीपाती गर्नका लागि दैनिक एक दुई जना आउने गरेका उनले बताए।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरू राख्नका लागि पारच्याङमा १० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ। निर्माण गरिएको क्वारेन्टाइनमा हालसम्म एक जना पनि राखिएको छैन। हालसम्म त्यस्ता बिरामी फेला नपरेको स्वास्थ्य शाखाले जनाएको छ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि गाउँपालिकामा पाँचवटा हेल्प डेक्स सञ्चालन भइरहेको छ।  गाउँपालिकाको सरमथली, पारच्याङ, आँपचौर, किर्माजुङ र लुम्बुमा हेल्प डेक्स सञ्चालनमा ल्याइएको हो।

 

प्रकाशित: २२ चैत्र २०७६ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App