६ वैशाख २०८१ बिहीबार
राजनीति

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ : ऊर्जा मन्त्री

अर्घाखाँची-ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाल)ेसँग सहमति भएको बताएका छन्।
प्रेस सेन्टर नेपालले बिहीबार  गरेको पत्रकार सम्मेलनमा उहाँले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त  गरेका हुन्।

मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने पनि आश्वासन दिए। उनले देशभिर नै विद्युत्भार कटौती अन्त्य गर्र्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै अहिले काठमाडौँसहितका सहरमा विद्युत्भार कटौती मुक्त भएको उल्लेख गरे।

उनले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बूढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताए। रासस

प्रकाशित: २८ पुस २०७३ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App