coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ

बाजुरा- बाजुरामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको नमुना रिपोर्ट नेगेटिभ आएको छ। परीक्षणका लागि काठमाडौं केन्द्रीय ल्याप प्रयोगशाला टेकुमा पठाइएको नमुना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्।

भारतको नयाँ दिल्लीबाट फर्किएका १६ वर्षका युवकलाई गएको मंगलबार जिल्ला अस्पताल बाजुरामा राखिएको थियो। क्वारेन्टाइनमा बसेका गौमुल गाउँपालिकाका ती व्यक्तिलाई ज्वरोबढेपछि जिल्ला अस्पताल ल्याईएको थियो।

कोरोनाको आशंकामा आइसोलेसन कक्षमा राखेर उपचार गरिरहेका युवकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो। ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएका युवक केन्द्रीय प्रयोगशालाबाटै परीक्षण गर्दा नेगेटिभ देखिएकोले आइसोलेसन कक्षबाट डिस्चार्ज गरिएको छ।

भर्ना भएकै पछिल्लो दिन कोरोनाको संक्रमणमा स्वाब प्रादेशीक अस्पताल धनगढी पठाईएको थियो। धनगढीमा मेसिन जडानमा ढिलाई हुँदा काठमाडौं पठाईको थियो। आइसोलेसनमा राखिएको चार दिनपछि नमुना परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको हो।

ढुक्क हुनेगरि नतिजा आएकोले विरामीलाई अन्य विरामीसँगै राखिने बेडमा सारिएको छ। थप चेक जाँचर अवस्था बारे जानकारी लिएर केही दिनमै घर पठाउने कार्यालय प्रमुख समेत रहेका डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्।

डाक्टर विश्वकर्माका अनुसार ती व्यक्तिमा क्षयरोग र फोक्सोमा केही अरु नै समस्या हुन सक्ने बताएका छन्। ज्वरो आउनेक्रम नरोकिएपनि परीक्षणबाट कोरोना भएको पुष्टी भएकोले अन्य रोगको पहिचान गरि उपचार गरिने बताईएको छ। जिल्लामा ९२ जना बाहिरबाट आएका सर्वसाधारण क्वारेन्टाइनमा बस्ने गरेका छन्। क्वारेन्टाइनमा बसेका सबैमा कुनै समस्या नदेखिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ।

प्रकाशित: २२ चैत्र २०७६ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App