coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अग्निपीडितलाई राहत

कपिलवस्तु – बिजयनगर गाउँपालिका– २ गुगौलीका अग्नीपीडितलाई राहत प्रदान गरिएको छ। गाउँपालिका र कांग्रेस निकट तरुण दलले पीडित ३५ पविारलाई छुट्टा छुट्टै राहत स्वारूप खाद्यान्न वितरण गरेका हुन्। गाउँपालिकाले प्रति परिवार ५ हजार मुल्यका खाद्यान्न समाग्री वितरण गरेको छ। 

गाउँपाकिला प्रमुख गोपाल बहादुर थापाले शनिबार राति पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। यस्तै कांग्रसको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तु र नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ कपिलवस्तुले बिजयनगर गाउँपालिकाको गुगौलीमा शुक्रबार लागेको आगलागी प्रभावितलाई राहत वितरण गरेका हुन्।

लक डाउनको समयमा सामान किन्न तथा अन्य क्षेत्रबाट सहयोग पाउन समय लाग्ने भन्दै मानवीयताको लागि तत्काल राहत वितरण गरिएको तरूण दलका सभापति शक्ति सिंह ठकुरीले बताए। गाउँमा नै पुगेर २५ घरपरिवारलाई केही दिनको लागि दिनचार्य गर्न पुग्ने अति आवश्यक खाद्यान्न वितरण गरिएको ठकुरीले बताए। चामल, दाल, नुन, चिउरा, तेल लगायतका साम्रगी गाउँमा नै पुगेर वितरण गरिएको नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए।

विपद व्यवस्थापन र जताको सुख दुःखमा काम गर्ने सेवा भएकोले तत्काल आगलागी प्रभावितको लागि राहत कार्यक्रम लिएर गाउँमा पुगेको पोख्रेलले बताए। राहत पाएपछि केही दिनको लागि हातमुख जोर्न सहज भएको भन्दै वितरण गर्ने संस्थालाई स्थानीय प्रभावित काशिराम यादवले बताए। वितरण स्थलमा नेपाली कांग्रेसका नेता अजय थापा, गोविन्द थापा, जानकी यादव , राजेश उपाध्याय, तरुण दलका सचिव अमर पौडेल, क्षेत्रीय सभापति तिलक थापा लगायतको उपस्थिति रहेको थियो। शनिबार भएको आगलागीबाट २५ घर र २४ गोठ जलेर नष्ट भएका थिए। 

 

प्रकाशित: २२ चैत्र २०७६ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App