८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना आशंका : कपिलवस्तुमा एक जना आइसोलेसनमा भर्ना

कपिलवस्तु- कपिलवस्तुमा कारोनाको आशंकामा एक जनालाई आइसोलेसनमा राखिएको छ। ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको शिवराज नगरपालिकाका ३० वर्षिय एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए।

बिरामीलाई शुक्रबार शिवराज नगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो। ‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको छ, त्यस्ले बिरामीलाई आइसोलेसनमा राखेर उपचार जारी राखेका छौ’ बन्जाडेले भने। बिरामीको स्वाब परीक्षणका लागि आईताबार बुटवल पठाईने उनले बताए। कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएको यो पहिलो बिरामी रहेको उनले बताए। उता यस विषयमा जानकारी नभएको शिवराजन नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले बताए। फेला परेका बिरामीका विषयमा नगरपालिकालाई जानकारी नभएको उनले बताए।

उता जिल्लाका १० पालिकाले तयारको गररिएको ८ सय ९९ क्वारेन्टाइन बेडमा ६ सय ७२ जनाा रहेको प्रशासन कर्यालयले जनाएको छ। २३ जना डिस्चार्ज भई घर गईसकेका छन्। जिल्लामा ८ आइसोलेसन बेड सञ्चालन गरिएका छन्। क्वारेन्टाइनमा राखिएका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्कका हुन्।

प्रकाशित: २२ चैत्र २०७६ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App