८ वैशाख २०८१ शनिबार
समाज

शान्ति समाजले जम्मा गर्‍यो ४५ पिन्ट रगत

काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा रगतको अभाव भएपछि मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को सहयोगमा सोही वडाको गोठाटार वाग्मती किनारस्थित गाईबाच्छा संरक्षणस्थलको चौरमा आयोजित कार्यक्रममा ४५ जना दाताले रक्तदान गरेको समाजका सभापति उत्तम पुडासैनीले बताए। आज जम्मा भएको ४५ पिन्ट रगत रक्त सञ्चार केन्द्र भक्तपुरले आकस्मिक रुपमा अस्पताल भर्ना भएका बिरामीलाई दिने जनाइएको छ।

 लकडाउनका कारण मानिस जम्मा हुन सक्ने अवस्था नहुँदा अस्पतालमा आकस्मिक सेवाका बिरामीलाई रगत अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रले पायक पर्ने स्थानमा गई रक्तदान गर्न सम्पूर्ण दातामा आह्वान गरेको छ। रासस

प्रकाशित: २२ चैत्र २०७६ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App