८ वैशाख २०८१ शनिबार
समाज

क्वारेन्टाइनमा एमबिबिएस डाक्टर र वाईफाई सुविधा

अर्घाखाँची - अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सबै क्वारेन्टाइन र आईसोलेशन स्थलहरुमा एमबिबिएस डाक्टरहरुको सुविधा दिएको छ। स्थानीयतहहरुले मापदण्ड बिनै क्वारेन्टाइन कक्ष निर्माण गरेको आरोप लागिरहेका बेला छत्रदेवले डाक्टरसहितको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो।

पाँच ओटा क्वारेन्टाइन स्थलमा ३८ वटा बेड र एक आईसोलेशन स्थलमा ४ ओटा बेड पालिकाले निर्माण गरेको छ। ७ जना एमबिबिएस डाक्टरहरुले ति स्थलहरुमा सेवा दिईरहेका छन्। शारजहाँ विमानस्थल हँुदै धनगढीका एकजना कोनोना संक्रमितसंग युएईबाट एउटै फ्लाईटमा आएका छत्रदेव गाउँपालिकाका दुई जना सहित भारत तथा तेस्रो मुलुकबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए।

 ‘७ जना एमबिबिएस डाक्टरहरुबाट सबै क्वारेन्टाइनमा सेवा प्रवाह भइरहेको छ, उनले भने,‘आवश्यकताका आधारमा अन्य पालिकाहरुमा पनी डाक्टर र प्राविधिक टोली पठाउन सक्छौं।’ सघीय र प्रदेश सरकारकै बराबरीमा काम गरिरहेको उनको भनाई छ।

पालिकाले क्वारेन्टाइनमा बसेकालाई चिसोतातो पानी, वाईफाई, टेलिभिजन लगायतको सुविधा दिएको छ। मास्क, स्यानिटाईजर र ग्लब्स पनी पर्याप्त मात्रामा छन्। तिन ओटा क्वारेन्टाईन स्थलमा हेलिप्याडको समेत सुविधा रहेको पालिकामा तिन ओटा एम्बुलेन्स तयारी अवस्थामा छन्। सचेतनाका लागी पनी विभिन्न प्रयास भईरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए।  ‘कोरोना संक्रमण बाट बच्ने उपाय सहितका संदेश मुलक सुचना टोलटोलमा माईकिङ्ग गरिरहेका छौं, उनले भने,‘छ पेजको संदेश मुलक ब्रुसर र अनुरोध पत्र समेत घरघरमा पु-याएका छौं।’ सचेतना फैलाउन कुनै कसर बाँकी नराखेको उनको भनाई छ।

आकस्मिक सेवाका लागी पालिका अध्यक्षको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत, राजनिती क्षेत्रका प्रतिनिधी, जनप्रतिनिधी, मेडिकल टोली सहभागी रहेको मोबाईल टोली बनाएर सेवा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताए। तिन वटा एम्बुलेन्सका अलावा सेवाका लागी दुई ओटा पालिकाका गाडी तयारी अवस्थामा राखिएको उनले बताए।

जिल्लाका स्थानीय तहहरु क्वारेन्टाइन निर्माणमा जुटेका छन्। जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सबै स्थानीय तहमा क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय भएपछि स्थानीय सरकारहरु पनि क्वारेन्टाइन कक्ष निर्माणमा जुटेका हुन्।

अहिले सम्म जिल्लाका ६ स्थानीय सरकारको पहलमा ४ सय ४४ क्वारेन्टाइन कक्ष निर्माण भइसकेका छन्। अरु पनि थप गरिंदै छ।सरकारले लकडाउन गर्नु अघि जिल्लामा  भारत तथा अन्य देशहरुबाट जना १९ सय १९ जना  भित्रिए। स्थानीय सरकार र सुरक्षा निकायले सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि जम्मा १३ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

जिल्लाभर ४८ जना क्वारेन्टाइनमा र ५ जना आइशोलेशनमा छन्। ३५ जना क्वारेन्टाइनमा र १३ जना होम क्वारेन्टाइनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए।

प्रकाशित: २२ चैत्र २०७६ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App