coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जाँदा जाँदै अाेबामाले भावुक बनाए

 सिकागो–अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिँदै देशमा विद्यमान प्रजातन्त्र रक्षाका लागि कटिबद्ध रहन अमेरिकी जनतालाई आग्रह गरेका छन्।  करिब १ घन्टा सम्बोधन गरेका ओबामाले केही समय आफ्नो उपलब्धिको चर्चामा बिताएका थिए भने केही समय आउँदो भविष्यका बारेमा। सम्बोधनको अन्त्यतिर भने उनले परिवार र प्रशासनको प्रशंसा गरेका थिए।

आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आपूm राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे।

राष्ट्रपति  निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका आफ्नो समर्थकका माझ उभिएर सम्पूर्ण अमेरिकीलाई न्यायमुखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मूल्य मान्यतालाई जोगाउन संघर्ष गर्न  राष्ट्रपति ओबामाले आग्रह गरे ।  

‘हामी सबैबीच बाहिरी रुपमा भिन्नता देखिए पनि समग्रमा हामी सबैसँगै छौं तर अन्धभक्त जातिवाद र असमानता प्रजातन्त्रका मूल्य मान्यता विरुद्ध चुनौति भएकाले सहकार्य गर्दै अघि बढ्नुपर्ने छ,’ राष्ट्रपति ओबामाले भन्नुभयो, ‘हामी एक्लै आयौँ र एक्लै जाने छौँ।’

सन् २००८ मा राष्ट्रपतिमा निर्वाचित हुँदा जुन आशा र परिवर्तनको सन्देश लिएर वासिङ्टन छिरिएको थियो त्यसलाई सम्बोधन गर्न आपूm सफल बनेको ओबामाको तर्क थियो ।

उनले मुलुकको आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्यूबासँगको सम्बन्धको पुनःस्थापना र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने लगायतका काम आफ्नो कार्यकालका प्रमुख उपलब्धि भएको उक्त अवसरमा दाबी गरेका थिए ।

‘हामी जुन पार्टीका भए पनि हामी लोकतान्त्रिक समाजको निर्माणमा जुट्नुपर्छ,’ ओबामाले भने ।  प्रजातन्त्रका चुनौतीसँग शक्तिको प्रयोगभन्दा अधिकार तथा बौद्धिकता र परिश्रममाथि विश्वासले नै संयुक्त राज्य अमेरिकालाई मुलुकको गम्भीर आर्थिक मन्दीको समयमा फासिवाद र निरङ्कुशता प्रतिको आकर्षणलाई प्रतिवाद गर्न मद्दत गरेको थियो र यही विचारले अन्य विश्व समुदायसँग मिलेर दोस्रो विश्वयुद्धपछि अघि बढ्न प्रेरणा दिएको थियो’ सम्बोधनका क्रममा उनले भनेका थिए ।

राष्ट्रपति ओबामाले रसियाको सहयोगमा ट्रम्पलाई हवाइटहाउस पु¥याइएको भन्ने चर्चालाई संकेत गर्दै फासिवाद र निरंकुशताप्रतिको आकर्षण प्रजातन्त्रका लागि चुनौति हुनसक्ने पनि बताए ।

रुसले जिताएको आरोपमा रिसाए ट्रम्प

ट्विटमार्फत् राष्ट्रपति निर्वाचनमा रुसको हात नरहेको बताउँदै आएका डोनाल्ड ट्रम्पले अनुसन्धान ब्युरोले बुधबार नयाँ तथ्य सार्वजनिक गरेसँगै रिसाएका छन् । उनले मंगलबार रुसले आफूलाई जिताउनमा कुनै  पनि भूमिका नखेलेको दाबी दोहो¥याए ।  

ट्रम्पले मंगलबार अनुसन्धान ब्युरोलाई पनि गलत सूचना सार्वजनिक गरेको भन्दै ब्युरोको आलोचना गरेका छन् । उनले सर्वसाधारणलाई गलत सूचना दिएको आरोप लगाउँदै भने, ‘के हामी जर्मनीको नाजी युगमा बाँचिरहेका छौं ?’

अनुसन्धान ब्युरोले पछिल्लो समय सार्वजनिक गरेको विवरणमा चुनावको समयमा मस्कोसँग सूचना आदान प्रदान गरेको  र मस्कोले चुनावमा वेश्याको प्रयोग गर्न सुझाव दिएको विवरण सार्वजनिक गरेको थियो ।

रुसले अमेरिकी अनुसन्धान ब्युरोको सूचनामा कडा प्रतिक्रिया जनाउँदै आरोपको खन्डन गरेको छ । भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले  चुनावमा मस्कोको संलग्नता कपोलकल्पित र दुई देशबीचको सम्बन्ध बिगार्ने अभिप्रायले आएको बताए ।

ट्रम्पले मंगलबार एकपछि अर्को ट्विट गर्दै भने, ‘रुससँग मेरो लिनु दिनु केही छैन । न कुनै कारोबार, न ऋण न केही ।’ ‘मैंले चुनाव सजिलै जितेको हुँ । यसमा छलछाम नभएको प्रमाणित भइसक्यो । तर भ्रष्ट प्रतिपक्षी गलत समाचारबाट यसलाई छायाँमा पार्ने प्रयास गरिरहेका छन्,’
उनले निरन्तर ट्विट गर्दै लेखेका छन् ।

गत हप्तामात्र एफबिआईले अनुसन्धानको केही अंश प्रकाशित गर्दै रुसले ट्रम्पलाई जिताउन हस्तक्षेप गरेको बताएको थियो । तर मंगलबार सार्वजनिक केही समाचारमा ट्रम्पले वेश्यासँग सम्बन्ध राखेको भिडियो रुसले सुरक्षित राखेर ‘ब्ल्याकमेल’ गरिरहेको बताइएको थियो ।
ट्रम्पले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा राख्नेछन् ।

प्रकाशित: २८ पुस २०७३ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App