१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसको दुष्प्रभावबाट कृषिलाई बचाउन आग्रह

काठमाडौं -नागरिक अगुवाहरुले कोरोना भाइरसको दुष्प्रभावबाट कृषिलाई बचाउन आग्रह गरेका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले मुलुकको अधिकतम जनमानसको जीवन र जिविकासँग सम्बन्धित कृषि क्षेत्रलाई जसरी बन्दाबन्दीले प्रभावित गरेको छ, यसले मुलुकको समग्र अर्थतन्त्र र जनजीविकालाई दीर्घकालीन असर पार्ने प्रष्ट्याएका छन्।

'नयाँ ज्ञान र सूचनाको आधारमा कृषि क्षेत्रलाई बचाउन र अघि बढाउन संघीय, प्रान्तीय र स्थानीय सरकार तथा देशव्यापी नागरिक समाज लागिपर्नु आवश्यक छ। कृषि जगतमा छाएको अनिश्चितता चिर्दै भोलिको बाटो समाउनु परेको छ। अनेकन चिन्ताले ग्रस्त आजको ‘डिस्कोर्स’माझ राष्ट्रिय आर्थिक जीवन र ग्रामीण अर्थतन्त्रको केन्द्रबिन्दुमा रहेको खेतीकिसानीलाई बिर्सन मिल्दैन' उनीहरुले भनेका छन्।

गत दुई हप्तायता एकातर्फ किसानले उत्पादन गरेका तरकारी, दूध, अण्डा जस्ता वस्तु समयमा बजार पु¥याउन नसक्दा कुहिएर, बिग्रिएर नास भएको छ। अर्कोतर्फ यिनै उत्पादन उपभोक्ताले सहज रुपमा पाउन सकेका छैनन्। अहिले प्रमुख बाली गहुँको फसल तयार छ, तर बन्दाबन्दीमा खेतमा गएर काम गर्न पनि नहुने प्रचार गरिएकोले धेरै ठाउँमा किसानको मेहनत खेर जाने हो कि भन्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन्। 'पहाडमा यो मकै लागाउने समय हो। मौसम ठीक छ, तर कोरोनाको भयले किसान खेतमा जाने कि नजाने असमञ्जसमा छन्। चैते धान रोप्ने समयलाई पनि बन्दाबन्दीले प्रभावित गरेको छ। बस्तुभाउ भोकै राख्नुपरेका खबरहरु आइरहेका छन्' विज्ञप्तिमा भनिएको छ।

बन्दाबन्दीको दौरानमा खेतिकिसानी कार्य सहज बनाउन तत्काल केहि कदम उठाउनु आवश्यक देखिएको उनीहरुको भनाई छ।

विज्ञप्ति निकाल्नेहरुमा डा. रामप्रकाश यादव, कृषि वैज्ञानिक,  डा. बिमला राई पौड्याल, राष्ट्रियसभा सदस्य, रामेश्वर खनाल, पूर्व प्रशासक, डा. रेणु अधिकारी, मानव अधिकारकर्मी, यमुना घले, कृषिविकास विज्ञ, सुशील प्याकुरेल, मानव अधिकारकर्मी, राजेन्द्र दाहाल, पत्रकार, टीका ढकाल, लेखक र कनकमणि दीक्षित रहेका छन्।

 

प्रकाशित: २१ चैत्र २०७६ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App