८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कपिलवस्तुमा एचआईभी संक्रमित र क्षयरोगीलाई घरघरमै औषधि

कपिलवस्तु – लकडाउनका कारण सरकारी स्वास्थ्य संस्थामा आउन कठिनाई भए पछि जिल्ला स्वास्थय कार्यालयले एचआईभी संक्रमित र क्षयरोगीका बिरामीलाई घरमै औषधि पुर्‍याउने छ। लकडाउनले मारमा परे पछि एचआईभि संक्रमति र क्षयरोगीका बिरामीलाई औषधि सेवाबाट बञ्चित नहुन घरमै औषधि पुर्याईएको हो। स्वास्थकर्मी अनुसार एचआईभि संक्रमितले एआरभि नामक र क्षयरोगीले एचआरजेडई तथा एचआर नामक औषधि नियमित सेवन गर्नुपर्छ। एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधि हो।  

यसको नियमित सेवनले संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ। यस्तै क्षयरोगीले ६ महिना सम्म नियमित औषधि सेवन गर्नु पर्छ। दुबै नियमित सेवन गर्ने औषधि हो।  लकडाउनका कारण यातायातका साधन ठप्प भएपछि संक्रमित र क्षयरोगी एआरटी लिन स्वास्थ्य संस्थामा पुग्न नसकेपछि आफूहरुलाई घरमै औषधि पुर्याउने व्यवस्था गरेको स्वास्थ्य संस्थाका कार्यालय क्षयकुष्ट अधिकृत माहोम्मद ईरफानले बताए। 

‘एक महिना अघि एक महिनाका लागि पुग्ने गरी औषधि दिएका थियौं , त्यो अवधि सकिए पछि अब थप एक महिनाका लागि घरमै पुगेर औषधि दिएका हौं’, उनले भने। लकडाउनले केहि  दिन औषधि अभाव भए पनि अहिले भने पर्याप्त रहेको उनले बताए। घरम घरमा औषधि का पुर्‍याउने लागि समपर्ण र नमुना एकीकृत बिकास परिषदसंग संमन्वय गरिएको छ। ती दुई गैसस र स्वास्थ्य संस्थाका गरि १० जना कर्मचारीहरू खटिएका छन्।

एचआईभी संक्रमित र क्षयरोगीको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। लकडाउनले स्वास्थ्य संस्थामा जान मुस्किल भएको बेलामा घरमै औषधि पाएपछि संक्रमित र क्षयरोगीहरू निकै खुशी भएका छन्। जिल्लाको कपिलवस्तु अस्पताल र महाराजगंज प्राथमिक उपचार सेवा केन्द्रमा एआरभि सेन्टर छन्। क्षयरोगीका लागि स्वास्थ्य कार्यालयले औषधि उपलब्ध गराउने गरेको छ। कपिलवस्तुमा ४ सय ४४ जनाले एआरभि र साढे  छ सय जनाले क्षयरोगीको औषधि खाने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। नजिक भई अस्पताल आउनेलाई पनि औषधी उपलब्ध गराउने गरिएको छ। लकडाउन भए पनि कार्ड देखाए प्रहरीले अस्पताल आउनजान दिएको संक्रमितहरू बताउँछन्। 

प्रकाशित: २१ चैत्र २०७६ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App