coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डोल्पामा आइसोलेसनमा भर्ना गरिएका कर्मचारीमा कोरोना नभएको पुष्टि

डोल्पा- कोरोना आशंकामा डोल्पाको जिल्ला अस्पतालमा भर्ना गरिएका दुई जनाको रिपोट नेगेटिभ आएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जका दुई कर्मचारीलाई चैत १८ गते जिल्ला अस्पतालमा स्थापना गरिएको ४ बेडको आइसोलेसनमा भर्ना गरिएको थियो।

उच्च ज्वरो आएका उनीहरुमा देखिएका लक्षणहरु कोरोनासंग मिल्दोजुल्दो भएपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो। ज्वरो खोकी आँखा दुख्ने नाकबाट पानी बग्ने जस्ता लक्षण देखिएपछि आइसोलेसनमा राखिएका निकुन्जका २ कर्मचारीको कोरोना हो हाइन भन्नको लागि उनीहरुको स्वाब परीक्षणको लागि काठमाडौ लगिएको थियो।

जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले परीक्षणको लागि लगिएको स्वाबमा कोरोना नभएको पुष्टि भएको रिपोट शुक्रबार आफूलाई प्राप्त भएको नागरिकलाई बताए।

प्रकाशित: २१ चैत्र २०७६ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App