८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

तिलाले जनप्रतिनिधिको भत्ता र तलब विपद् कोषमा जम्मा गर्ने

जुम्ला- जुम्लाको तिला गाउँपालिकाले जनप्रतिनिधिको मासिक भत्ता र शिक्षक कर्मचारीको एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ। विहान बसेको गाउँ कार्यपालिका बैठकले जनप्रतिनिधिको एक महिनाको भत्ता र शिक्षक, कर्मचारीको एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बैठकले गाउँपालिकाभर रहेका विपन्न तथा असहाय नागरिकको पहिचान गरेर राहत उपलब्ध गराउने निर्णय गरेको प्रवत्ता सन्तविर रावतले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले मास्क, सेनिटाइजर लगायतको औषधि खरिद गरेर ल्याइसकेको छ। प्रत्येक वडाका अध्यक्षलाई गाउँ बस्तीसम्म लैजानको लागि औषधि तथा मास्क हस्तान्तरण गरिसकिएको उनले बताए। तिला गाउँपालिकाले बिरामीलाई अस्पतालसम्म लैजानको लागि सवारी व्यवस्थापन समेत गरेको छ।

भारत तथा खाडीमुलुकबाट आउनेहरुका लागि अनिवार्य निगरानी केन्द्रमा राख्ने गरि विभिन्न ४ स्थानमा गरेर ५३ वटा निगरानी केन्द्र स्थापना गरेको छ। अहिले गाउँगाउँमा मास्क र साबुन पुर्‍याइसकेको छ।

प्रकाशित: २१ चैत्र २०७६ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App