७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

४० लाखको विपद् व्यवस्थापन कोष

गाउँमा पुगेर बिरामी जाच्दै डाक्टर प्रकृति भट्टराई ।

रोल्पा- सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले हालको २५ लाख विपद् व्यवस्थापन कोषलाई वृद्धि गरेर ४० लाखको कोष स्थापना गर्ने र विपन्न परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको छ। उक्त कोषमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले कम्तिमा ७ हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार थप्नेछन्।

गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीका अनुसार वडा सदस्यहरुले कम्तिमा २ हजार तथा गाउँपालिकाबाट तलव भत्ता बुझिलिने शिक्षक, कर्मचारीहरु मध्ये अधिकृत स्तरका शिक्षक कर्मचारीहरुले ५ दिन बराबरको तलव र सहायक स्तरका शिक्षक कर्मचारीहरुबाट ३ दिन बराबरको तलव रकम कोषमा जम्मा गर्न लगाईने छ।

विभिन्न राजनीतिक दल, वुद्धिजिवि, व्यापारी, संघसंस्था, व्यक्तिहरुलाई उक्त कोषमा रकम तथा खाद्यान्न, आवश्यक सामग्रीहरु उपलब्ध गराउन अनुरोध गर्ने र गाउँपालिकाभित्र मजदुरी गरी जिविकोपार्जन गर्ने अति विपन्न परिवारहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा गाउँपालिकाबाट राहत उपलब्ध गराउने अध्यक्ष घर्तीले बताए।

अध्यक्ष घर्तीले गाउँपालिका स्तरमा २५ वेडको क्वारेन्टाइन मध्ये १७ वेड सूर्योदय मा.वि. सुलिचौर र ८ वेडको क्वारेन्टाइन खुंग्री स्वास्थ्य चौकीमा स्थापना गरिएको जानकारी गराए। ‘तेस्रो मुलुकबाट आएका ९ र भारतबाट आएका २ सय १४ जना अहिले सबै होम क्वारेन्टाइन छन्। उनीहरुलाई हामीले निगरानीमा राखेका छौ।’

गाउँ मै उपचार
गाउँपालिकाको ३ र ५ वडा कार्यालयमा चिकित्सकसहितको टोली परिचालन गरि स्वास्थ्य सेवा उपलब्ध गराउने छ। लकडाउनको समयमा अन्य बिरामीको सुबिधाका लागि डाक्टरसहित बिभिन्न बस्ती मै पुग्ने अध्यक्ष घर्तीले बताए। ‘बस्ती मै गएर उपचार सुरु गरेका छौ। अन्य नियमित बिरामीका लागि पनि सहज भएको छ।’ अध्यक्षका अनुसार सबै वडामा वैदेशिक रोजगारबाट आएका व्यक्तिको घरमा गोलाकार घेराभित्र आधा भागमा रातो चिन्ह लगाईने छ भने क्वारेन्टाइन अवधि सकिएमा बाँकी आधा भागमा हरियो चिन्ह लगाईने छ।
 

प्रकाशित: २१ चैत्र २०७६ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App