coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किसानको उत्पादन वडाले किनेर बाँड्दै

साँझपख वडाले दूध वितरण गर्दै । तस्बिर : नागरिक

दुलेगौँडा(तनहुँ)- कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न दुई साताका लागि मुलुक लकडाउन छ। लकडाउनको बेला किसानले श्रम र पसिना बगाएर  उत्पादन गरेको कृषी उपजले बजार नपाउँदा निःशुल्क बाँड्ने र कुहाएर फाल्नुपर्ने अवस्था आएको छ।

यहाँको एक वडाले भने किसानले उत्पादन गरेका कृषी उपज खरिद गरी वडाबासीलाई निःशुल्क वितरण गर्न थालेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ को कार्यालयले किसानलाई प्रोत्साहन गर्न यस्तो गरेको हो।  
वडाका किसानले उत्पादन गरेको दूध, हरियो तरकारी र अण्डा किनेर वडाबासीलाई वितरण गरेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए। दूध दैनिक रुपमा र अण्डा तथा तरकारी एक–एक दिन पालो गरेर बाँड्ने गरिएको उनले बताए।

‘लकडाउनका कारण किसानको उत्पादनले बजार पाएको छैन। दूध फाल्नुपर्ने अवस्था हुन्छ। तरकारी र अण्डा लामो समयसम्म राख्दा कुहिएर जान्छ’, उनले भने, ‘कृषीलाई व्यवसायीकरण गर्नुपर्ने नारा धेरै लगाईन्छ। तर जहिल्यै संकटको बेलामा किसान निराश बन्नुपर्ने अवस्था आउँछ। त्यसैले यो बेलामा बजार नपाएको कृषी उपजलाई वडाले किनेर किसानको श्रम र लगानीलाई सम्मान गर्दै व्यवसायीकरणमा जोड दिएका हौँ।’

वडाले किसानलाई चालु वर्षमा दिने अनुदानको सट्टामा बजार नपाएको उपजलाई खरिद गरेको अध्यक्ष गुरुङको भनाई छ। यो वर्ष किसानलाई अनुदान दिन वडाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

 

प्रकाशित: २१ चैत्र २०७६ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App