६ वैशाख २०८१ बिहीबार
समाज

मन्दिरको जग्गामा व्यवसाय गर्नेको चैत महिनाको भाडा मिनाह

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको मातहतमा रहेका ब्यवसायीक सटरको चैत महिनाको भाडा मिनाह गरेको छ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी कोषले भाडामा दिएको फुलप्रसादी बिक्री गर्ने सातवटा सटर र एक क्यान्टिनलाई चैत महिनाको ४७ हजार ६ सय रुपैयाँ मिनाहा गरेको कोषका सचिव माधवप्रसाद रेग्मीले बताए। कोषले जिल्लामा कोरोना भाइरसविरुद्धको अभियानमा आवश्यकता परेमा सहयोग गर्ने जनाइसकेको छ।  

कोषका अध्यक्ष रुद्धबहादुर केसीले कोषका संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसँगको छलफल र परामर्सबाट आवश्यकता परेको क्षेत्रमा सहयोग गर्ने बताए। उनले गलेश्वरमा रहेका बृद्धबृद्धालाई भोजनसहित नियमित स्वास्थ्य चेकजाँच, आवश्यकता परेमा अलपत्र परेका तिर्थयात्रीलाई समेत भोजनको ब्यवस्थापन लगायत गलेश्वर बजारभित्र कार्यक्रममा सघाउने जनाएको छ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मन्दिरमा जाने गरेको अवस्थामा मन्दिरले भजनकृतन, पूजाआजा रोक पनि पूजारीले नियमित पूजामात्रै गर्ने गरेका छन्।

 

 

प्रकाशित: २१ चैत्र २०७६ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App