६ वैशाख २०८१ बिहीबार
राजनीति

क्वारेन्टाइनमा रहेका नागरिकलाई विशेष निगरानी गरिने

छलफलमा सहभागी अधिकारी

भैरहवा  - सीमाबाट उद्वार गरिएका नेपाली र भारतीय नागरिकहरुको विषयलाई लिएर बेलहियामा नेपाल–भारत सुरक्षा अधिकारी बीच छलफल भएको छ। भारत तर्फबाट उद्वार गरिएका तीन सय ४ जना नेपाली नागरिक र नेपाल तर्फबाट उद्वार गरिएका एक सय ५४ नागरिका रहेको क्वारेन्टाइनमा गरिएको स्वास्थ्य, सुरक्षालाई व्यवथित बनाई रहेका कमी कमजोरीलाई समाधान गर्नेद दुबै पक्षबीच सहमति भएको छ।

त्यस्तै दुवै देशको सूचना एक आपसमा तत्काल आदानप्रदान गर्ने र सीमा क्षेत्रमा द्वय देशले सामाजिक दुरी कायम राख्ने, क्वारेन्टाइनमा रहेका नागरिकहरुको अवस्था दैनिकरुप अपडेट गर्ने, कोभिड–१९ भाइरसबाट कसरी जुध्ने विषयमा छलफल केन्द्रित रहेको नेपाल तर्फबाट सहभागी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले जानकारी दिए।

भैरहवा भन्सार कार्यालयमा भएको छलफलमा दुवै देशका सुरक्षा निकायका प्रमुखहरुले हाल सञ्चालित नौतनवाको क्वारेन्टाइनमा रहेका नेपालीहरुमा र नेपाल तर्फ क्वारेन्टाइनमा रहेका भारतिय नागरिकहरुमा कुनै पनि सुविधाको कमि नराखी विशेष निगरानीमा राख्ने, क्वारेनटाइनमा राखिएका नागरिकहरुमा कुनै पनि प्रकारको समस्या देखिएमा तत्काल दुबै पक्ष समाधान गर्ने, क्वारेन्टाइनमा रहेका नागरिकहरुको नियमित स्वास्थ्य चेकजाच, खानपान, सरसफाई र सुरक्षा व्यवस्थित रुपमा गर्ने, नाकारात्मक अफ्वाहहरु फैलाउनेलाई निगरानीमा राखी कारवाहीको दायरामा ल्याउन एक आर्कमा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको छ।

अनधिकृत रुपमा र लकडाउनको समयमा मुख्य र खुला सीमामा हुन सक्ने अनावश्यक चहलपहललाई कडाईका साथ बन्द गर्न दुवै देशले सहकार्य र समन्वय गर्ने, मालबाहक सवारीसाधन, अतिआवश्यक खाद्यान्न लगायतका बस्तुहरुका सहज आपूर्तिमा सहकार्य गर्ने, चालकहरुलाई कुनै प्रकारको अनावश्यक अवरोध नगर्ने, दशगजामा रहेको चालकहरुको हेल्थ डेस्कमा स्वास्थ्य जाचलाई निरन्तरता दिने, लकडाउन, कोराना सम्बन्धि दुवै देशका सूचना एक आपसमा छिटो भन्दा छिटो आदानप्रदान गर्ने, सीमा सम्बन्धमा सरकारबाट आएको निर्देशनलाई स्थानीय प्रशासन र सुरक्षा निकायलाई तत्काल जानकारी दिने लगायतका विविध विषयमा छलफल भएको छ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, जिल्ला प्रहरी कार्यालयका प्रमुख हेम कुमार थापा, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराई, सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकिय तुलसी मरासिनी, ट्रान्स नेपालका प्रमुख रवि पारिख सहभागी रहेका थिए भने भारतको तर्फबाट  महाजगंज जिल्लाको डीएम डा. उज्ज्वल कुमार, एसपी रोहित सिंह सजवान, सीएमओ डा. एके श्रीवास्तव, एसडीएम नौतनवाका जसधीर सिंह सीओ नौतनवाका राजू कुमार साव सहभागी भएका थिए।

प्रकाशित: २१ चैत्र २०७६ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App