coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मन्त्री आङबोद्वारा खाद्यान्न सहयोग

पाँचथर– १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जिल्लाका ३ सय  १० परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। ‘लक डाउन’समयमा आर्थिक रुपमाविपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।उनी पाँचथरको निर्वाचन क्षेत्र ख वाट प्रदेशसभाका सांसद हुन।

विपन्न परिवारमा खाद्यान्न सकट नहोस भनेर सहयोग गरिएको मन्त्री आङ्बोले जानकारी दिए। स्थानी यतहले न्यून आर्थिक अवस्था भएका भनेर राखेको तथ्याङ्कको आधारमा खाद्यान्न वितरण गरीएको छ। ब्याक्तिगत हिसाबमा २ लाख ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।

तुम्बेवा गाँउपालिकामा १ सय ९० परिवार, फिदिम नगरपालिका–९ लुम्फाबुङका ६० र  तथा फिदिम–६ शिवाका७० परिवारलाई खाद्यान्न सहयोग गरिएको हो। उनीहरुलाई गाँउमै लगेर खाद्यान्न प्रदान गरिएको छ। स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खद्यान्न सहयोग गरिएको छ।

प्रकाशित: २० चैत्र २०७६ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App