coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

संकटाले आर्मीलाई हरायो

धनगढी- धनगढी क्षेत्रीय रंगशालामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपअर्न्तगत मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल आर्मीलाई २–१ ले हराउँदै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ।

विदेशी खेलाडी मार्टिन अजायाले १६ औं मिनेटमा पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाए। उनले खेलको २५ औं मिनेटमा अर्को गोल गर्दै २–० को अग्रता दिलाए। संकटाको विजयमा नायक बनेका उनी म्यान अफ दि म्याच भए।

स्टार खेलाडीले भरिएको नेपाल आर्मीले धेरै अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। प्रतिस्पर्धात्मक खेलको अधिकांश समय आर्मीले बल नियन्त्रणमा राखेको थियो। आर्मीमा राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ, विकेश कुथु, जितेन्द्र कार्की, दीपक गुरुङ र भरत खवास भए पनि तालमेल नमिल्दा गोल गर्ने धेरै अवसर गुमाए।

खेलको दोस्रो हापमा आर्मिका २१ नम्बर जर्सिधारी टेकबहादुर बुढाथोकीले ६१ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए। पहिलो हाफमा दुई गोलले अगाडी रहेको संकटालाई दोस्रो हाफमा आर्मीले अधिकांश समय कव्जामा राख्यो। लगातार गोलपोष्टमा आक्रमण गर्दा पनि त्यसपछि गोल नभएपछि आर्मी प्रतियागितावाट वाहिरिएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा आर्मिका खेलाडीहरु गोल गर्ने कयौ अवसरहरु पाएपनि गोल गर्न नसक्दा २/१ गोल अन्तरले हार बेहोर्न बाध्य भए।

यो संगै क्वाटरफाईकलका सम्पुर्ण खेलहरु समाप्त भएका छन्। । संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुमा गोल गर्ने रणनिति अनुसार खेलेको र त्यसपछि समालिएर खेल्दा जित हासिल भएको वताए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरुमा गोल खाएपछि दवावमा परेको र त्यसपछि गोल गर्ने प्रयासहरु सफल नहुँदा हार व्यहोरेको वताए।

सुदुरपश्चिम ११ फुटवल क्लवको आयोजनामा पुस २१ गतेदेखि भईरहेको प्रतियोगिता अन्तर्गत विहीवार पहिलो सेमिफाईनल हुनेछ। पहिलो सेमीफाईनलमा भारतको दिल्ली युनाईटेड र काठमाण्डौको मनाङ मस्याङदी प्रतिस्पर्धा गर्नेछन। शुक्रवारको दोस्रो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम ११ र संकटा वीच खेल हुनेछ। माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले दुई लाख ५१ हजार तथा उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल प्राप्त गर्नेछन्।

प्रकाशित: २८ पुस २०७३ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App