८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमणको आशंकामा थप एक जना आइसोलेसनमा

रोल्पा अस्पताल तथा स्वास्थ्यकर्मी ।

रोल्पा- रोल्पा अस्पतालमा एक ब्यक्तिलाई कोरोना संक्रमणको आशंका गर्दै आइसोलेसनमा राखिएको छ। उनी केहि दिनअगाडी भारतबाट फर्केका थिए। अस्पतालका मेडिकल अफिसर डा. अनिल केसिका अनुसार कोरोनासंग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनलाई आइसोलेसनमा राखिएको हो। डा. केसिका अनुसार सुनिल स्मृती गाउँपालिकाका ७२ वर्षिय उनी केहि दिनअगाडि भारतबाट रोल्पा आएका थिए।

गत चैत १३ गते काठमाडौस्थित एक ईट्टाभट्टाबाट मजदुरी गरेर फर्केका रोल्पा नगरपालिकाका ५८ वर्षिय एक जनालाई पनि आइसोलेसनमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था सुधार भएको अस्पतालले बताएको छ। १४ दिनसम्म अस्पताल बसाई पछि उनलाई घर पठाइने छ।

यस्तो छ रोल्पाको अवस्था
कोरोना संक्रमणको भयावह अवस्था सुरु भए यता रोल्पामा भारतबाट ३ सय ४६ जना र अन्य वैदेशिक मुलुकबाट ३४ जना जिल्ला भित्रिएको सरकारी तथ्याङ्क देखिएको छ। जिल्ला प्रशासन कार्यालयले तयार गरेको पछिल्लो तथ्याङ्क अनुसार कतारबाट १७ जना, दुबईबाट ५ जना, मलेसियाबाट ४ जना र साउदीबाट २ जना रोल्पा भित्रिएका हुन्। त्यसैगरि बंगलादेश, जापान, दक्षिण कोरीया, फ्रान्सबाट एक एक जना आएका थिए। यी मध्य केहि सामूहिक क्वारेन्टाइनमा छन् भने केहि होम क्वारेन्टाइनमा।

मजदुरी र अन्य कामका लागि उपत्यकातिरका ईट्टाभट्टामा गएकाहरुको आधिकारीक जानकारी राखिएको छैन। जिल्ला प्रशासन कार्यालयका अनुसार ८ सय ७२ जना चेकजाच गरि जिल्ला भित्रिएका छन्। उनीहरु मध्य १ सय ५३ जना क्वारेन्टाइनमा राखिएको छ। अहिले जिल्लामा आइसोलेसनका लागि १७ बेड तयार गरिएको छ भने ३ सय १० जनालाई क्वारेन्टाइन राख्ने क्षमता बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्माका अनुसार जिल्लामा रहेको खाद्य सस्थानमा ७०.९४ मेट्रिक टन चामल स्टक रहेको छ। त्यसैगरि उद्योग बाणिज्य संघ रोल्पाले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार ब्यापारीहरुसंग ८ सय २० मेट्रिक टन चामल स्टक छ। मकै ५ सय २० मेट्रिक टन, गहु ३ सय १० मेट्रिक टन, जौ २५ मेट्रिक टन, कोदो २० मेट्रिक टन, फापर १० मेट्रिक टन, बिभिन्न दालहरु ७८ मेट्रिक टन मौज्दात रहेको छ। उसका अनुसार तेल ८ हजार पेटी र कुखुराको दाना ५ मेट्रिक टन स्टक छ।

 

प्रकाशित: २० चैत्र २०७६ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App