१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमै कोरोना परीक्षण सुरू

प्रदेश अस्पतालमा कारोना भाइरसको नमुना परीक्षण गर्दै चिकित्सक।

नगेन्द्र उपाध्याय/ गणेश विशु

वीरेन्द्रनगर – कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण बिहीबारदेखि कर्णालीमा पनि सुरू गरिएको छ। प्रदेश अस्पताल कालागाउँमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन जडान गरिएपछि रोगको परीक्षण कर्णालीमा सुरु भएको हो।

परीक्षण मेसिनले एक घण्टामा एउटा व्यक्तिको नमुना परीक्षण गर्ने छ। पहिलो दिन क्वारेन्टाइनमा रहेका मध्यबाट चारजनाको स्वाब परीक्षण गरिएको छ। परीक्षण गरिएकाको रिपोर्ट प्रत्येक दिन साझ सार्वजनिक गरिनेछ। तर मेसिनको गुणस्तरीयता मापन गर्न टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए। सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने अपेक्षा गरिएको छ। अ

हिले विश्वभर महामारीको रुपमा फैलिएको  कोरोनाको त्रास नेपालमा बढेसँगै नेपाल सरकारले चीनबाट कोरोना परीक्षणसहितका उपकरण ल्याएको थियो। चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिनसहित अन्य उपकरणहरू सुर्खेत ल्याइएको होे।

सुर्खेतमा कोरोना परीक्षण सुरु भएपछि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिन्थ्यो। नमुना पठाएको झन्डै एक हप्तादिन मात्रै रिपोर्ट आउने गरेको थियो।

कर्णालीमा कोरोनाको त्राससँगै जोखिम पनि बढ्दै गएको मेसिनको महत्वपूर्ण अत्यावश्यक हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुपरभाइजरका रुपमा कर्णालीमा आएका रामकृष्ण श्रेष्ठले जाकारी दिए।

प्रदेशमै नमुना परीक्षण सुरु भएपछि यहाँका स्थानीय खुसी भएका छन्। ‘अब प्रदेशमै नमुना परीक्षण हुने भयो,’ सुर्खेतका गगन खड्काले  भने, ‘अब छिटो रिपोर्ट आउने भयो।’ अब उच्च ज्वरो आउने तर घरमै बसेकालाई नमुना परीक्षण गर्न सहज हुने उनको भनाइ छ। यसभन्दा अघि कर्णालीको रोगको निदान गर्ने उद्देश्यले स्थापना गरिएको प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला खारेज गरिएको थियो। वैशाखमा उद्घाटन भएको उक्त प्रयोगशाला चार महिना नपुग्दै भदौमा ओएनएम सर्वेको नाममा कर्णाली प्रदेश सरकारले खारेज गरेको थियो। उक्त प्रयोगशालामा ११ औं तहको विशेषज्ञसहित १४ जनाको दरबन्दी थियो।

उक्त प्रयोगशाला खारेज नभएको भए अहिले सजिलो हुने स्थानीयको भनाइ छ। ‘विश्वव्यापी संकट निम्त्याइरहेको कोरोना भाइरसको जोखिम बढिरहेको बेला अहिले उक्त प्रयोगशालाको आवश्यकता थियो,’ वीरेन्द्रनगरका स्थानीय सुशील केसीले भने, ‘त्यतिबेला कर्णाली सरकारले बुद्धि पु¥याएन ।’ पुनः उक्त प्रयोगशाला स्थापना हुनु पर्ने उनको भनाइ छ।

कर्णालीमा हालसम्म २८ जनाको स्वाब नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ देखिएको छ। साथै कर्णालीका १० जिल्लामा ७६ महिला र सात सय ५८ पुरुष क्वारेन्टाइनमा बसेका छन्। सुर्खेतका चार, रुकुम पश्चिमका चार, जुम्लाका १५ र कालीकोटबाट ४१ जना क्वारेन्टाइनबाट घर फिर्ता भएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए। त्यस्तै रुकुम पश्चिमका दुई सय २०, सल्यानका पाँच र डोल्पाका दुईजना होम क्वारेन्टाइनमा बसेको उनले जनाए।

 

प्रकाशित: २० चैत्र २०७६ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App