७ वैशाख २०८१ शुक्रबार
समाज

माछा मार्ने क्रममा कोसीमा डुबेर एकको मृत्यु

उदयपुर- उदयपुरका एक व्यक्तिको माछा मार्ने क्रममा बिहीबार सप्तकोसीमा डुबेर मृत्यु भएको छ। कोसीमा माछा मार्न गएका जिल्लाको बेलका नगरपालिका-८ माझीगाउँका ३८ वर्षीय दिलप्रसाद माझी बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घरबाट माछा मार्न भनेर गएका माझी कोसी किनारमा दिउँसो ३ बजे डुबिरहेको अवस्थामा भेटिएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। स्थानीयले उनलाई कोसीमा डुबेको देखेर खवर गरे अनुसार इलाका प्रहरी कार्यालय रामपुरबाट गएको टोलीले अनुसन्धान प्रक्रिया थालेको जनाएको छ।

प्रहरी घटनास्थलका सर्जमिन मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि अस्पताल पठाई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७६ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App