coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनसान सिन्धुली, ठप्प राजमार्ग(फोटो फिचर)

लकडाउनले सुनसान रहेको सिन्धुली । तस्बिर : अनिल/नागरिक

सिन्धुली- सरकारले लकडाउन गरेको दशौ दिन वितिसकेको छ। दश दिन वित्दा सिन्धुलीका स्थानीय दैनिक लकडाउनलाई पूर्ण रुपमा पालना गर्न थालेका छन्। लकडाउनको सुरुवाती दिनमा विहान बेलुका किनमेलमा भिड रहेपनि हाल त्यस्तो अवस्था छैन। सकेसम्म बजारका तरकारीदेखि किनमेल गरेका सामानको उपभोग नगर्ने स्थानीयले जोड दिएका छन्। उपभोग गरिहाल्नु परेपनि भिडभाड नगरि किन्ने गरेको व्यापारी बताउँछन्।

सरदमुकाममा अत्यावश्यक पसल औषधि दूध र फलफूल लगायतका पसलहरु खुलेका छन्। औषधि पसललाई चौविसै घण्टा खुल्न दिएपनि तरकारी फलफूल खाद्यान्न पसललाई समय मिलाएर खोल्ने व्यवस्था मिलाएपछि लकडाउनमा भिडभाड भएको छैन। जिल्ला सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा लकडाउनको प्रभाव परेको छ।

विशेषगरि राजमार्ग आसपास र शहर बन्दै गएको स्थानमा ठप्प रहेको छ भने गाउँघरमा खेतबारीको काम गर्न किसान निस्किने गरेका छन्। 'हाम्रो गोलञ्जोर गाउँपालिका र विपी राजमार्गको खुर्कोट पूर्ण रुपमा ठप्प रहेको छ, बाहिर कोहि निस्कदैनन्,' गोलञ्जोर गाउँपालिका प्रमुख पुष्पबहादुर कार्कीले भने, 'सकेसम्म जनतालाई घरदैलोमै सेवा पुर्‍याउने हाम्रो अभियान छ।' उनले घरभित्रै बसेर सहयोग गरिदिन आग्रह गरे।

यस्तै सदरमुकामका मुख्य बजार क्षेत्र सुनसान रहेको छ। विपी राजमार्गमा केहि अत्यावश्यक सवारी बाहेक अन्य केहि चलेका छैनन्। यहाँको मध्यपहाडी र निर्माणधिन मदनभण्डारी राजमार्ग समेत सुनसान छ।
 

लकडाउनले सुनसान रहेको सिन्धुली । तस्बिर : अनिल/नागरिक
लकडाउनले सुनसान रहेको सिन्धुली । तस्बिर : अनिल/नागरिक
लकडाउनले सुनसान रहेको सिन्धुली । तस्बिर : अनिल/नागरिक
लकडाउनले सुनसान रहेको सिन्धुली । तस्बिर : अनिल/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App