coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फक्ताङ्लुङ गाउँपालिकामा भोजभतेर बन्द

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सामाजिक एवम् सांस्कृतिक कार्यक्रममा भोजभतेर गर्ने कार्यलाई तत्कालका लागि बन्देज गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरसको सन्त्रास सामान्य अवस्थामा नफर्कदासम्मका लागि गाउँपालिका भरी भोजभतेर गर्ने कार्यमा प्रतिवन्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले जानकारी दिए। भोजभतेर र सामाजिक तथा सांस्कतिक कार्यक्रममा बढी भिडभाड हुने भएकोले भिडभाड हटाउन यो निर्णय गरिएको गाउँपालिकाले विज्ञप्तीमार्फत जानकारी दिएको छ।

गाउँपालिकाले प्रत्येक घरधुरीलाई न्यूनतम सफाई सामग्री वितरण गर्ने भएको छ। कोरोना सन्त्रासका बीच काममा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय पनि गाउँ कार्यपालिकाले गरेको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए। अध्यक्ष एभेङले गाउँपालिकाद्वारा बनाईएको कोरोना भाइरस रोकथाम तथा राहत कोषमा डेड महिनाको तलव सुबिधा जम्मा गर्ने भएका छन्।

अध्यक्ष बाहेक त्यहाँका सबै जनप्रतिनिधिको भने एक महिनाको तलव मात्र कोषमा जम्मा हुने छ। यसैबीच गाउँपालिकाको कोषमा फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिम स्थायी घर भई अहिले व्यवसायको सिलसिलामा वडा नं ३ लिङ्खिमको सिँवा बजारमा रहेका पदम बुढाथोकीले नगद १ लाख जम्मा गर्ने भएका छन्। उनले गाउँपालिकाको बैठक हुनुपूर्व सहयोग गर्ने घोषणा गरेकोले कार्यपालिकाको बैठकले बुढाथोकीलाई सहयोगका लागि धन्यवाद दिने प्रस्ताव पारित गरेको समेत गाउँपालिका अध्यक्ष एभेङले बताए।

प्रकाशित: २० चैत्र २०७६ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App