४ वैशाख २०८१ मंगलबार
समाज

लकडाउनमा बालबच्चाको यस्तो दैनिकी

काठटमाडौं- कृषि तथा बन विश्वविद्यालयका सह प्राध्यापक डा. ईश्वरी प्रसाद कडरीयाले बुधबार आफ्नो फेसबुकमा छोरी अग्रताले फुर्सदको समयमा बनाएको चित्र पोस्ट गरे। उनलाई आफ्नो छोरीमा आर्ट गर्ने प्रतिभा लुकेर बसेको कहिल्यै थाह भएन। किन भने ब्यस्त जागिरे जीवनमा उनी र श्रीमति दुबै विश्वविद्यालयकै काममा विहानै बेलुका ब्यस्त भएकोले छोरीको सृजनात्मक प्रतिभाबारे  थाहै नभएको उनले बतए।

विश्वभरि फैलिदै गइरहेको कोरोना भइरसको त्रासले नेपाल पनि अछुतो रहेन। सरकारले कोरोना नियन्त्रणका लागि चैत्र ११ गते देखिनै देशभरि लकडाउन गरेको छ। भने चैत मसान्तसम्म सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ। जसका कारण हाल देशभरिका विद्यालय स्तरका ७० लाख बालबालिकाहरु परिवारसाथै घरमै बसेका छन्। बालबालिकाहरु हालको अवस्थामा आमाबुवा, हजुरबा हजुरआमासाथै घरमै बस्न पाउँदा उनीहरु घरमै रमाएका छन्। दिनहु नयाँ नयाँ कुराहरु सिक्ने अवसर पाएका छन्।

कडरीया दम्पति दुबै काममा ब्यस्त भएकोले आफ्नो छोरीलाई स्कुल पठाउने बाहेक र वेलुका एकै पटक स्कुल विदा भएपछि मात्र भेट हुने गरेको थियो।  बच्चलाई समय दिनै मुस्किल भएको अवस्थामा उसको प्रतिभानै थह नभएको कडरीया दम्पतिले बताए। तर लक डाउन उनको  उनको छोरी को लागि अवसर बनेको छ। उनको छोरीले कोरेको चित्र उनले फेसबुकमा राखेपछि सकरात्मक कमेन्टले छोरी अग्रतालाई थप हौसला दिएको र उनी नयाँ नयाँ विषयबस्तुमा चित्र कोरिरहेकी छिन्। यति मात्र होइन उनले आमालाई समेत काममा सघाइरहेकि छिन्। यति मात्र होइन उनले आफनो ओछ्यान मिलाउने, खाजा पकाउने, आमासँगै नाचगान गर्ने सृजनात्मक काम गर्दै आएकी छन्।

‘चित्रमा छोरीले साथीसँग विताएको पल समझेर केरिछिन्। यति मात्र होइन पहिले उनी कुनै काम समेत गर्न जान्दिन थिइन,’कडरीयाले नागरिकसँग अनुभव सुनाए ‘ मेरो १० वर्षी छोरी अग्रताले अहिले हामीसँगै भान्छामा रोटि बेल्ने, चिया पकाउने , खाजा पकाउने समेत कामहरु आफै उत्साहित भएर गर्छिन। ’ उनले थपे ‘मोवाइलबाट युटुबबाट एंकरिंग गर्ने क्षमताको समेत विकास गरिरहेकी छिन्। हामी अभिभावकहरु लकडाउनको ब्यवस्थापन समय र प्रेरणा दिने हो भने उनीहरु भित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन हुन्छ। मेरो छोरी पनि एक महिनामा राम्रो आर्टिस्ट हुन्छिन् भन्ने मलाई पूर्ण विश्वास छ।’

यसै गरी थैव निवासी ७ वर्षे आरभ रौनियार आमबुवासँग घरमै बस्न पाउँदै निकै खुशि छन्। उनीमा आमा बुवाको साथले गर्दा राम्ररी क्यमरा अगाडि बोल्न सक्ने आत्मविश्वास बढेको छ। त्यही भएर उनले फेसबुकमै कोरोनाबाट बच्च बाहिर ननिस्कनु र पटकपटक हात धुने चेतावनीमुलक सन्देश समेत आफ्नो भिडियो बुवा ईश्वर रौनियारको फेसबुक वालमा पोस्ट गरेका छन्। भने आफु जस्तै नानीहरुलाई फुर्सदको समयमा आमालाई काममा सघाउने र घरको काम गर्न सन्देश दिएका छन्। ‘मैले घरमा आमालाई काममा सघाउँछु , फूलमा पानी हाल्छु , कथा कविताका किताब पढ्छु ,’ आरभले नागरिकसँग आफुले गरेको काम सुनाए ‘यति मात्र होइन आजकल त म आमासँगै खाएको आफ्नो  थाल मस्काउने र टेवुल पुछ्ने काम पनि सिके नि। कति राम्रो लाग्छ काम गर्दा। ’ आरभका बुवा ईश्वरले पनि यस अघि विहान छोरालाई स्कुल पुर्याउन र बेलुका गृहकार्य गराउने र उसको आमाले घरको काम गर्दानै समय वित्ने गरेकोले बच्चालाई समय दिन नसकेको सुनाउँछन्। ‘एक दिनको विदामा लुगा धुने, सरसफाइ लगाएत मै समय वित्छ’, इश्वरले नागरिकसँग कुरा गर्दै .सुझाए  ‘हाम्रा नानीहरुमा कुनै न कुनै प्रतिभा लुकेकै हुन्छ।  यो फुर्सदको समयमा सबै अभिभावकहरुले बालबालिकालाई आत्मनिर्भर बनाउनु समय दिनु पर्छ। ’ उनले थपे ‘कोरोनाको तनावबाट मुक्त हुन बालबालिकासँग रमाइलो गरौ। उनीहरुको क्षमता पहिचान गरि त्यही अनुसार काम गर्न सिकाऔं। बच्चाको मनमा कोरोको त्रास होइन त्यसबाट बच्न सचेत गराउन तर्फ लाग्नु पर्छ।’

यसै गरी काठमाडौं बनस्थलीकी कमला त्रिपाठी पनि छोरीको नयाँ प्रतिभासँगै बस्दा थाह पाएको बताइन्। पेसाले उनी शिक्षक हुन् भने उनका श्रीमान बैंकमा कार्यरत छन्। अहिले लकडाउनका कारण दुबै श्रीमान श्रीमती घरमै फुर्सदमा बालबच्चा साथ बस्न पाउँदा बच्चाहरुमा समेत खुलेर आफ्नो कुरा राख्ने क्षमता विकास भएको अनुभव उनले सुनाइन्। उनका ११ वर्षीय छोरी तेजस्वी पन्तले हाल आमा बुवासँगै दिन विताउन पाउँदा दिनहु नाचगान गर्ने, चित्र कोर्ने, मनका कुराहरु खुलेर छलफल गर्ने गरेको उनले सुनाइन्।‘लकडाउन अघिसम्म हामी दुबै श्रीमान श्रीमती  आफ्नो काममा ब्यस्त हुन्थ्यौं। विहान हतारहतार छोरीलाई स्कुल पुर्याउने र बेलुका श्रीमान श्रीमतीनै थाकेर आउँदा बच्चासँग समय विताउने र उनीहरुको कुरा सुन्ने र बुझ्ने समयनै हुदैनथ्यो ’ आमा कमलाले भनिन् ‘ लकडाउनले त छोरी तेजस्वी दिन. दिनै बाबासँग नयाँ विषयबस्तुमा छलफल गर्ने, मसँग भान्छामा आफै उत्सुकतासाथ खाना र खाजा बनाउने काम सिक्ने गरेकि छिन्। यति मात्र होइन विगतमा मोवाइल फेसबुकमा ब्यस्त रहने नानी त आमा बुवासाथ बसेर खेल्ने कथा भन्ने र कविता सुनाएर पो रमाइलो गर्छिन्।’

प्रकाशित: २० चैत्र २०७६ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App