८ वैशाख २०८१ शनिबार
समाज

जोखिम रोक्न झोलुङ्गे पुल बन्द

राजापुर - मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ।

मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि बारबर्दिया –४ का वडाध्यक्ष मान बहादुर थारुले झोलुङ्गे पुलमा ताला लगाइएको जानकारी दिए। पुलको वारी र पारी जालीबाँधेर ताला लगाइएको छ। स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको थारुले बताए। रासस

प्रकाशित: २० चैत्र २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App