coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतको ‘तबलिग जमात मकरज’मा १२ नेपाली

वीरगन्ज - नयाँ वर्ष २०२० को पहिलो दिनदेखि भारतको दिल्लीसमेत विभिन्न राज्यको भ्रमण गरेको‘तबलिगजमात मकरज’भनिएको एउटा धार्मिक जत्थामाकम्तीमा १२ नेपाली सहभागी भएको पुष्टि भएको छ। सो जमातमा सहभागी केही भारतीयमा कोरोना संक्रमण भेटिएपछि भारतमा उच्च सतर्कता अपनाइएको छ। तर नेपालमा भने कुनै पहल नहुँदा संक्रमण फैलिने जोखिम बढेको छ।

उक्त जत्था भारतको उत्तराखण्ड प्रदेशको रुढकीमा पुगेपछि फेब्रुअरी पहिलो सातानेपाली टोली मिसिएको थियो। भारतको ‘अभिसूचनामुख्यालय’ले त्यहाँका सम्बन्धित सबै जिल्लाकाप्रमुखर प्रहरी प्रमुखलाई जारी गरेको ४८ पृष्ठ लामो परिपत्रबाट यसको खुलासा भएको हो।

पत्रमा भनिएअनुसार फ्रब्रुअरी २ मा वीरगन्जसँग सीमा जोडिएको भारतीय सहर रक्सोलबाट  ‘तबलिगजमात मकरज’मा सामेल हुन १७जनाको टोली हिँडेको थियो। उनीहरु उत्तरप्रदेशको मुरादाबादहुँदै गएका थिए,जसमाकम्तीमा १२ जना नेपालकामुस्लिम थिए। नेपालबाट गएकाहरुको ठेगाना चितवनको बकुलहर तथाटाँडी जनाइएको छर तहसिलभनेर वीरगन्जखुलाइएको छ।

भारत सरकारको रिपोर्टअनुसार ‘तबलिगजमात मकरज’मा हिँडेका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएर रोग समुदायमा फैलिने खतरा छ ।

रिपोर्टअनुसार ‘तबलिगजमात मकरज’मा हिँडेका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएर रोग समुदायमा फैलिने खतरा छ। यसै कारण सो जत्थामा सामेल सबैलाई कोरोना जाँचको दिशामा कारबाही बढाउन भारतकाजिल्लाअधिकारी र प्रहरीप्रमुखलाई सो पत्रमार्फत निर्देशन दिइएको छ। नेपालबाट सहभागी भएकाहरुको अवस्था र उनीहरुमा संक्रमण भएनभएको कसरी निधो हुने, टुंगो छैन। उनीहरुलाई खोजी गरी स्वास्थ्य परीक्षण गराउने दिशातिर पनिकदमचालिएको देखिँदैन।

भारतमाजिल्लाअधिकारी र प्रहरीलाई केन्द्रीय तहबाट जारी परिपत्रमा तीनवटा निर्देशनदिएको देखिन्छ। एक, अरु प्रदेशमाजमातमा सामेल भएर आएकानागरिकको कोभिड–१९ संक्रमणको चिकित्सकीयजाँचतथाक्वारेन्टाइन गर्ने। दुई,जुनजुन ठाउँमाउक्त जमातले भ्रमण गरेको छ ती ठाउँहरुमा कुनै संक्रमणको घटना प्रकाशमाआएनआएको गम्भीरतापूर्वक जाँच गर्ने। र तीन, त्यस जमातमा हिँडेका व्यक्तिहरुमा संक्रमण फेला पर्नासाथउनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ हेर्ने।

नेपालबाट जमातमा सहभागी भएकाहरुको हकमा भने यस प्रकारको कुनै पहल गरिएको छैन। गृह मन्त्रालयले समेत यसमा अनभिज्ञता जनाएको छ। ‘उक्त विषयभारतसँग जोडिएको हुनाले परराष्ट्र मन्त्रालयले केहीभन्न सक्ला। गृह मन्त्रालयले देशभित्रको विषय हेर्ने हो, को आयो, को गयो, भन्न सकिँदैन,’ गृह प्रवक्ता केदारनाथशर्माले टेलिफोनमा भने, ‘हामीले अहिले सबै सीमानाकाबन्दगर्दै आवतजावत पूर्णरुपमा रोकेका छौं, त्यसयता कोही पसेको हुनै सक्दैन। देशबाहिर भएको भएहामीलाई जानकारी भएन।’

 

प्रकाशित: २० चैत्र २०७६ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App