६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

प्रदेश १ : ५४ को नमुना संकलन

विराटनगर- प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ। त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी छ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार हालसम्म  झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २ जनाको नमुना संकलन भएको छ। त्यस्तै  संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ।

बुधबार मात्र मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ गरी ८ जनाको नमुना संकलन भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
डा. मेहताका अनुसार प्रदेशभरिमा बुधबारसम्म कोरोना भाईरसका शंकास्पद १ सय १९ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन्। जसमा सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५–५ जना छन्। आईसोलेसनमा ३ पुरुषसहित ९ जना विरामी भर्ना भएर उपचाररत छन्।
प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आईसोलेसन वेड तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ। प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा छन् भने ती क्लिनिकमा बुधबार १ हजार २ सय ४६ जना विरामीको जाँच गरिएको छ। त्यस्तै सरकारी र घरैमा गरी प्रदेशमा ५ सयभन्दा बढी क्वारेन्टाइनमा छन्।

 

प्रकाशित: १९ चैत्र २०७६ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App