coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिनियाँ गरिवी निवारण कोषले १८० स्थानमा ह्यान्डवास स्टेसन निर्माण गर्ने

काठमाडौं-चिनियाँ गरिवी निवारण कोषको नेपाल स्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपत्यकासहित मुलुकभर एक सय ८० वटा ह्यान्डवास स्टेसन निर्माण गर्ने भएको छ। कोषले कोरोना भाइरसबाट संक्रमणबाट जोगिनको लागि उपत्यकासहित विभिन्न स्थानमा एक महिनालाई पुग्ने ह्याण्डवासको सामग्रीसहितको स्टेसन निर्माण गर्न लागेको हो।

चिनियाँ गरिबी निवारण कोष नेपालकी कन्ट्री डाइरेक्टर चौ च छियाङले सरकारसँग अनुमति लिएर काठमाडौ उपत्यकासहित एक सय ८० स्थानमा ह्यान्डवास स्टेसनमा पर्याप्त मात्रामा सरसफाईका सामाग्री राखिने जानकारी दिइन्। कोषले बुधबार ललितपुरको विभिन्न १० स्थानमा ह्यान्डवास स्टेशन सञ्चालन गरेको छ। कन्टी डाइरेक्टर छियाङले ललितपुरका विभिन्न १० वटा सार्वजनिक स्थानमा एक महिनालाई पुग्ने  ह्यान्डवासका सामग्री हस्तान्तरण गरेको बताइन्।

‘कोरोना भाइरसको संक्रमणबाट जोगाउनको लागि ह्यान्डवास स्टेशन निर्माण गरेका हौं,’ उनले भनिन, ‘स्थानीय निकायसँगको सहकार्यमा सञ्चालनमा ल्याएका हौं। यसको रेखदेख र संरक्षणको काम पनि स्थानीय समुदायबाटै गरिनेछ।’ कोषले दुई नम्बर प्रदेश र काठमाडौंमा पनि यस अघि नै ह्यान्डवासको सामग्री वितरण गरिसकेको छ। कोषले पाटन दरबार क्षेत्रमा विभिन्न स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुने भएकाले पनि ह्यान्डवासको सामग्री वितरण गरेको जनायो।

कन्टी डाइरेक्टर छियाङले ललितपुर महानगरपालिकाका वडा नं ८ का अध्यक्ष हेम महर्जन,वडा प्रतिनिधि प्रकाश महर्जन,मंगललाल महर्जन र महिला प्रतिनिधि बिजया महर्जनलाई एक कार्यक्रमबीच ह्यान्डवासका सामग्री हस्तान्तरण गरेकी थिइन्। कोषले बुधबार पाटन दरबार स्क्वायर,प्रहरी कार्यालय तथा मान्छेको धेरै जमघट हुने स्थानमा ह्यान्डवासका सामग्री वितरण गरेको थियो। कार्यालयले लकडाउनकै अवधिमा एक सय ८० भन्दा धेरै स्थानमा एक महिनाभन्दा धेरैलाई पुग्ने ह्यान्डबासको सामग्री उपलब्ध गराएको जनायो। कोषले गुडविल फान्डेसनको सहकार्यमा यो काम गरेको हो। कोषले नेपालमा स्वास्थ्य, शिक्षा, गरिवी निवारण,जिविकोपार्जन लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ।

 

 

 

 

प्रकाशित: १९ चैत्र २०७६ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App