coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा आउने

भैरहवामा निर्माणाधिन प्रदेश स्तरीय ल्याबको भवन ।

भैरहवा- भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्र परिसरमा निर्माणाधिन कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा ल्याइने भएको छ।

संघीय सरकारले सोमबार नै ल्याबका लागि आवश्यक कोरोना जाँच गर्ने प्रोट्रेबल पीसीआर मेसिन, रिएजेन्ट, कीट र अन्य सामग्री पठाएको छ। प्रविधिक आएर मेसिनका लागि आवश्यक पूर्वाधार जडान कार्य गरिरहेका छन्। तयारी अन्तिम चरणमा छ, २–३ दिनभित्र प्रयोगशालामा जाँच सुरु हुने सामाजिक मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीले बताए।

‘निर्माणाधिन ल्याब बिएसएल रेन्जको हो। आवश्यक सबै सामग्री आज आइपुग्छ अन्य आधारभूत कामहरु जारीनै छ, ३ जना प्राविधिकहरूको नाम पनि काठमाडौबाट आइसकेको छ। हामीसँग पनि प्राविधिकहरु छन् उहाँहरुबाट नै परिपूर्ति गरी प्रयोगशाला सञ्चालनमा आउँछ।’ चौधरीले नागरिक न्यूजलाई भने।

यस प्रदेशमा आशंका लागेका कोभिड–१९ भाईरस विरामीहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइरहेका थियौ। प्लेन नचलीरहेको अवस्थामा नमुना काठमाडौ पठाउदा रिपोर्ट आउन पनि समय लागीरहेको थियोे। प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेश ५ लाई नै धेरै सहज हुन्छ,’ सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने।

‘संघीय सरकारको निर्णय अनुसार सबै प्रदेशमा कोरोना जाँच प्रयोगशाला स्थापना गर्ने निर्णय बमोजिम भैरहवामा प्रयोगशाला बन्न लागेको हो, प्रदेश स्तरीय ल्याब सञ्चालनपछि यस प्रदेशको शंकास्पद विरामीको परीक्षण यहीबाट हुन्छ।’ मन्त्री बरालले भने।

समयमा रिपोर्ट नआउँदा उपचारमा समस्या आउदै गरेकोले समस्यालाई ध्यानमा राखी प्रदेशका पायक पर्ने स्थान दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमुना परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको छ।

स्वास्थ्य जन्य सामग्री जिल्ला पठाइयो
चीनबाट ल्याइएको र काठामाडौंबाट प्रदेशका लागि आएको स्वास्थ्य जन्य सामग्री प्रदेश सरकारले १२ वटै जिल्लामा मंगलबार नै पठाएको छ। प्रदेशका सबै जिल्ला अस्पताल, ४ वटै आइसोलेसन अस्पताल, १२ वटै जिल्ला प्रशासन कार्यालय, एम्बुलेन्स चालक, सुरक्षा निकाय एवं चिसापानी, लमही, बहादुरगञ्ज र पिपरा अस्पतालमा मास्क, ग्लोभ्स, थर्ममिटर, पीपीई, सेनिटाईजर, टोपी, चश्मा, जुत्ताको कभर लगायतका सामग्री पठाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

काठमाडौबाट मंगलबार २५ हजार मास्क, ग्लोभ्स २० हजार, एन ९५ मास्क ४ सय, आईआर थर्ममिटर १० थान, सेनिटाईजर २० थान, चश्मा ५० थान, पिपिई १ हजार थान, टोपी  ग्लोभ्स र जुत्ता कभर २ सय सेट सरकारले प्रदेशलाई उपलब्ध गराएको थियो।

चीनबाट ल्याइएको र काठामाडौंबाट आएको स्वास्थ्यजन्य सामग्री मंगलबार नै सबै जिल्लामा पठाइएको छ। ती सामग्री चार वटा आइसोलेसन अस्पताल, १२ वटा जिल्ला अस्पताल, चिसापानी, लमही, बहादुरगञ्ज र पिपरा अस्पतालमा पठाइएकोे हो।
 

प्रकाशित: १९ चैत्र २०७६ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App