coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अमेरिकामा जसले कोरोनालाई जिते, के भन्छन् ?

शम्भु मोक्तान

केहि दिन ज्यान दुख्यो।  पेनकिलर खाएर बसे एकहप्ता वित्दा पनि ठिक भएन, सबैतिर कोरोनाको कुराले मलाई केहि डर चाही लागेकै थियो।  एक हप्तापछि स्वासप्रस्वासमा समस्या आएपछि म अस्पताल गए।  बाहिर प्रचारमा आएका जस्ता कुरा मलाई रुघा लाग्ने, सिगान बग्ने केहि भएन।  मलाई लाग्छ त्यो लक्षण व्यक्तिपिच्छे फरक हुने रहेछ की ?  स्वासप्रश्वासमा समस्या आउने कुरा चाही कोरोना संक्रमणमा परेकाहरुलाई देखिने मुख्य समस्या रहेछ।  त्यसैले मेरो अनुभवमा स्वास प्रस्वासमा समस्या आएपछि म अस्पताल गएको हुँ।  त्यसैले अहिले रुघाखोकी लाग्दैमा र जिउ दुख्दैमा कोरोना संक्रमण भयो भनेर नआत्तिनुहोला।  तर स्वासप्रश्वासमा समस्या आउन थाल्यो भने चाँही ढिलो गर्न नहुने रहेछ।  

म न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पतालको इमर्जेन्सीमा गएँ जहाँ मेलै निकै राम्रो उपचार पाए।  कतिपय अवस्थामा अस्पतालमा राम्रो उपचार भएन की भन्ने कुरा छ मैले अस्पतालभित्र राम्रो उपचार पाए।  अस्पतालमा भर्ना हुने वित्तिकै सुरुमा नै अस्पतालले परिवारका अन्य सदस्यहरु बिरामी भए नभएकोबारे जानकारी मागियो परिवारमा कोही पनि बिरामी नभएकाले टेस्ट गर्नुपर्ने कुरा उठाइएन र मेरो उपचार प्रक्रिया निकै फटाफट हुँदो रैछ।  मैले सुने जस्तो नराम्रो थिएन।  

डाक्टर र नर्सहरु नियमित आउने र भित्र हुने सबैखाले सुविधामा कमी भएन।  सुरुमा मलाई नाकमा स्वाब हालेर चेक गरियो।  डाक्टरहरुले दुईदिनमा रिपोर्ट आउने बताए तर एक दिन मै मलाई निमोनिया देखिएकाले घर पठाउन नमिल्ने बताइयो।  अनि मलाई थप डर त लाग्यो नै बाँकी रिर्पोट जाँच गर्ने काम भयो।  त्यो दिन बेलुका मलाई स्वासप्रश्वासमा निकै गाह्रो भयो र मलाई अक्सिजन दिएर भेन्टिलेटरमा राखियो।  दुखेको बेला पेनिकिलर र भिटामिन सी र वि नियमित दिइयो।  भर्ना भएको दुईदिनपछि डाक्टरले भेटेर भने तिमीलाई कोरोना भाइरस पोजेटिभ भेटियो। मलाई झन डर त लाग्यो तर मसंग कुनै उपाय थिएन।  हरेक दिन जस्तो मेरो विभिन्न तहमा रगत जाँच गरियो।  अस्पतालमै रहेको बेलामा मैले आफूलाई कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक गरें।  कोरोना संक्रमण भएको निश्चित भएपछि बाँच्ने निकै थोरै मात्र थियो तर मृत्यूलाई जिते।  मलाई जे भए पनि समाजका लागि केहि सजिलो र सूचनामुलक बनोस भन्ने हेतुले मैले सार्वजनिक गरे।  यदि मैले यो गोप्य कुरा राखे नेपाली समाज, देश कसैलाई थाहा हुनेछैन, गोप्य नराखेमा सबैबाट सहयोग हुनेछ भन्ने हेतुले मैले आफ्नो बारेमा सार्वजनिक गरेको हुँ।  मलाई लाग्छ मैले जे गरे ठीक गरे भन्ने लागेको छ।  यसैबेला पाँचौदिन डाक्टरले भने – ‘तिमी खतरा मुक्त भयौं।  सबै रिपोर्ट हेर्दा तिमीलाई अब डराउनु पर्दैन भन्दा म निकै खुसी भए।  डाक्टरले अस्पताल बस्नु भन्दा घरमा आराम गरेको राम्रो हुन्छ भने पछि म अहिले घरमा बसेर आरम गरिहेको छु।  बोल्दा स्वास प्रस्वासमा अलि समस्या देखिएको छ।  जो संक्रमणमा हुनुहुन्छ तपाईहरुले जानकारी दिनुस र केहि लक्ष्णण देखिए पनि नडराइ चेक जाँच गराउनुस।  

(होम लम्सालसँगको कुराकानीमा आधारित)

 

प्रकाशित: १९ चैत्र २०७६ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App