coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको त्रासका बीच जुट्दै नेपाली

अमेरिका- कोरोना भाईरस प्रभावितका बारेका अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले कुटनीतिक नोट लेखेर अमेरिकामा रहेका नेपालीहरुको विभिन्न समस्याहरुको समाधानका लागि ध्यानाकर्षण गराएका छन।  अमेरिकी सरकारले हाम्रो चासोप्रति सकारात्मक प्रतिउत्तर पाएको बताए।  नोटमा अमेरिका भिजिटमा रहेका अभिभावकहरुको ओभरस्टे, विधार्थीहरुको समस्या, लिगल डकुमेन्ट नभएकाहरु लागि उपचारको व्यवस्था र अन्य विविध पक्षलाई समावेश गरी जानकारी गराएको राजदूत कार्कीले बताए।  

दूतावासले न्यूयोर्क र डिसीमा गरी २४ सै घण्टा सुचारु हुने गरी हटलाईन स्थापना गरि काम गरिरहको जानकारी गराए।  आज भएको कन्फ्रेन्स कल बैठकमा राजदूत कार्कीले  राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकामा रहेका नेपालीको बारेमा चासो प्रकट गर्दै सुरक्षित राख्ने सबै प्रक्रियामा मदत गर्न निर्देशन दिएको बताए।  आज भएको कन्फ्रेन्स कलमा दिएको जानकारी अनुसार दूतावासले सूचनामुलक कार्यक्रम गर्दै अमेरिकाकामा रहेका सघसस्थाहरुलाई संयोजन गर्ने काम गरिहेको बताए।  

कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा रहेका नेपालीहरुमा संक्रमणको सख्या बढ्दो छ।  बैठकमा राजदूत कार्कीले अमेरिकी कानुन अनुसार व्यक्तिगत विवरण राख्न नपाउने हुनाले डाटा संकलन सजिलो नभएको बताए।  

कोरोनाको प्रकोप बढ्दै गए पनि यतिखेर प्राय जसो नेपालीहरुले काम छोड्न थालेका छन। जसबाट संक्रमण घट्ने अनुमान गर्न सकिन्छ।  सरकारबाट पाउने सुविधाका बारेमा छलफल र आवश्यक सहयोगका लागि दूतावासले संयोजन गर्ने प्रतिवद्धता व्यक्त गरे।  बैठकमा महावणिज्यदूत ऋषि ढकाल र एसी शेर्पा तथा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह र काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टलगायत सहभागी भएका थिए।  

प्रकाशित: १९ चैत्र २०७६ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App