coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाँउपालिकाले वितरण गर्‍यो खाद्य सामाग्री

तम्घास - गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ। गाउँपालिकाको वडा नं ७ वाग्लाबाट शुरु गरिएको राहत वितरणअन्तर्गत मङ्गलबार वाग्लाका ६० अतिविपन्न वर्गलाई प्रतिपरिवार २५ किलो चामल, पाँच किलो आलु, एक किलो नुन र एक पोका तेल वितरण गरेको वडाध्यक्ष हिमप्रसाद पन्थीले जानकारी दिए।

राहत पाउनेमा अपाङ्गता भएका व्यक्ति र एकल महिला सात/सात जना, एकल पुरुष पाचँ, ज्येष्ठ नागरिक तीन, अनाथ बालबालिकाको संरक्षक तीन तथा विपन्न वर्गका ३४ छन्। राहत वितरणमा निश्चित दूरी कायम गरिएको थियो। गाउँपालिकाले अब सबै वडामा क्रमैसँग अति गरिब तथा विपन्न परिवारलाई राहत उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए। 

गाउँपालिकाले विपन्नलाई परिवारलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ। जसअन्तर्गत अपाङ्गता भई कुनै काम गर्न नसक्ने, परिवारमा कुनै सदस्य कुनै पेशा व्यवसायमा संलग्न नभएको तथा एकल महिला र पुरुष, दीर्घरोगी भई काम गर्न नसक्ने, आम्दानीको स्रोत नभएको ५० वर्षभन्दा माथिका नागरिकलाई गाउँपालिकाले ‘क’ वर्गमा राखेको छ। रासस

प्रकाशित: १९ चैत्र २०७६ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App