८ वैशाख २०८१ शनिबार
समाज

प्रेमीसँग मिलेर श्रीमानको हत्या

रौतहट- रौतहटको करुनिया गाविसमा पाँच दिन पहिले एक युवकको हत्या आफ्नै श्रीमतिको योजनामा भएको खुलेको छ। श्रीमतीको प्रेमी र श्रीमति मिलेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। करुनिया गाविस २ का ३२ बर्षिय अभिनन्दन साहको गत गत शुक्रवार हत्या भएको थियो।

चार वर्ष देखि वैदेशिक रोजगारीमा रहेका अभिनन्दन साहकी श्रीमती २५ बर्षिया सकुन्तला देवीको स्थानीय पप्पु भन्ने मनिष कुमार सुमनसँग अवैध सम्बन्ध रहेको र हत्याको कारण त्यही भएको प्रहरीले जनाएको छ। त्यही सम्बन्धको कारण दुवैजनाले योजना बनाएर नै अभिनन्दनको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दै जाँदा मृतकको अफ्नै काकाको छोरा सुमनले बिजुलीको पोलमा प्रयोग हुने रडले टाउकामा चार पटक प्रहार गरेको र ढल्नासाथ चक्कुले घाँटी रेटेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन्।  श्रीमती र दुई छोरा भएका सुमनले सम्पत्तिको लोभमा हत्या गरेको प्रहरीसमक्ष्य बयान दिएका छन्।  मृत्यु भएपछि दुवैजनाले बिहे गर्ने योजना बनाएको उनीहरुले बयान दिएका छन्।

रौतहट प्रहरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय गौरमा बुधवार पत्रकार सम्मेलनमा हत्या अभियोगी दुवै जनालाई सार्वजनिक गर्दै शकुन्तलाले आफना प्रेमीलाई उचालेर श्रीमानको हत्या गराएको अनुसन्धानमा देखिएको  भन्दै  कार्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाएको बताए।

चार बर्ष अघि वैदेशिक रोजगारमा कतारमा रहेर कार्तिक १२ गते मृतक अभिनन्दन साह घर फर्किएका थिए। विदेशमै रहेका बेला शकुन्तलाको नातामा देवर पर्ने सुमनसंग पटक पटक शारिरीक सम्बन्ध कायम भएको र उनी फर्केपछि त्यसमा अवरोध आएपछि हत्या गरिएको अनुसन्धानले देखाएको छ।  

घटना पश्चात जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा अनुसन्धान थालेको थियो। मनिषलाई नियन्त्रणमा लिएपछि अभिनन्दनलाई हत्या गर्नमा प्रयोग गरेका सामग्रीहरु लुकाएका स्थानबाट प्रहरीले बरामद गरेको छ।

उनीहरुले अभिनन्दनलाई गाउँ भन्दा बाहिर कामदेही खोलाको किनारमा शिशो घारीमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २७ पुस २०७३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App