coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितसँग सम्पर्क व्यक्ति पहिचानमा समस्या

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरेको हेल्थ डेस्कले सही विवरण संकलन नगर्दा कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्ति पहिचान (कन्ट्याक ट्रेसिङ) गर्न इडिसिडीले अहिलेसम्म पनि सकेको छैन। ४ चैतमा कतार एयरलाइन्सको क्युआर–६५२ विमानमार्फत आएकी काठमाडौं मैतिदेवी बस्ने कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा रहेका १९ जनामध्ये अहिले १७ जनाको मात्र पहिचान भएको इडिसिडीका प्रमुख डा. वासुदेव पाण्डेले बताए। सो विमानमा एक सय ५८ जना सवार थिए। तीमध्ये १९ जनाको कन्ट्याक टे«सिङ गर्नुपर्ने महाशाखाको ठहर छ। सोही विमानमार्फत आएकी बाग्लुङकी अर्की कोरोना भाइरस संक्रमित बिरामीको वरिपरि बसेका २१ जनाको कन्ट्याक टे«सिङ गर्नुपर्नेमा अहिलेसम्म तीनजना व्यक्तिको मात्र पहिचान भएको इडिसिडीले जनाएको छ। 

दुबईको शारजाह विमानस्थलबाट एयर अरेबियाको जी–९–५३७ को विमानमार्फत चैत ६ गते काठमाडौं आएका अर्का कोरोना संक्रमित बिरामीको सम्पर्कमा रहेका २४ जनाको पहिचान गर्नुपर्नेमा २४ जनाको नै कन्ट्याक ट्रेसिङको काम सम्पन्न भइसकेको छ। उक्त विमानमा एक सय ७० व्यक्ति सवार थिए। एयर भिस्टारा युके–१५५ विमानमार्फत दिल्ली हुँदै काठमाडौं आएका धादिङका कोरोना संक्रमित बिरामीको सम्पर्कमा रहेका ४० जनामध्ये अहिलेसम्म ३५ जनाको मात्र कन्ट्याक टे«सिङ भएको छ। ती बिरामी पोखरा जाँदा प्रयोग गरेको यती एयरलाइन्सको सवार ५७ जनामध्ये अहिलेसम्म २५ जनको पहिचान हुन नसकेको इडिसिडीले जनाएको प्रमुख डा. पाण्डले जनाए ।

विमानस्थलमा स्थापना भएको हेल्थडेस्कले विमानस्थल हुँदै नेपाल फर्किएका व्यक्तिको विवरण सही ढंगले नराख्दा कन्ट्याक टे«सिङमा समस्या भएको इडिसिडीका एक अधिकारीले बताए। हेल्थ डेस्क स्थापना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५० हजार व्यक्ति नेपाल आएका छन्। हेल्थ डेस्कले लापरबाही गर्दा अहिलेसम्म तीन हजार व्यक्तिको विवरण मात्र सिस्टममा हालिएको र कतिपय विवरण अपुरा देखिएको इडिसिडीका अधिकारीको भनाइ छ। ‘त्यति बेलै सम्पूर्ण विवरण लिएर सिस्टममा इन्ट्री गरेको भए अहिले जस्तो समस्या आउने थिएन, संक्रमित बिरामीको सम्पर्कमा रहेको व्यक्तिको तत्काल पहिचान हुन्थ्यो,’ इडिसिडीका एक अधिकारीले नागरिकसँग भने, ‘तर हेल्थ डेस्कको उचित व्यवस्थापन नहुँदा र त्यहाँ कार्यरत कर्मचारीले जिम्मेवारी बहन नगर्दा अहिलेको समस्या आएको हो, समयमै कन्ट्याक टे«सिङ हुन नसक्नुको मुख्य कारण त्यही हो।’

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले संक्रमित चारमध्ये दुई जनासँगको कन्ट्रयाक टे«सिङको काम सकिएको र बाँकी दुई जनासँगको ८० प्रतिशत पूरा भएको दाबी गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७६ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App