४ वैशाख २०८१ मंगलबार
अर्थ

इलाम नगरको बजेट सवा १५ करोड

इलाम- इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि १५ करोड १६ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सदरमुकाममा आयोजित समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले नगरको अनुमानित आय–व्यय प्रस्तुत गरेका हुन्।

                नगरपालिकाको आन्तरिक आय ३ करोड ५६ लाख ५० हजार अनुमान गरिएको छ भने चालू खर्च ३ करोड ३७ लाख ४२ हजार छ। त्यसबाहेकका आयमा निसर्त पुँजीगत अनुदान  २ करोड १० हजार र ससर्त  अनुदान १९ लाख ८ हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । ससर्त अनुदान पक्की नाली, ढल, कालोपत्रे सडक निर्माण, नगर क्षेत्र पूर्वाधार विकास, भवन निर्माण, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल र सहरी स्वास्थ्य केन्द्र निर्माण र सञ्चालन अनुदान तथा स्थानीय शान्ति समिति कार्यक्रमलाई प्राप्त हुने छ । निसर्त पुँजीगत अनुदान भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त हुनेछ।

                मालपोत रजिस्ट्रेसनबाट ६० लाखसमेत गरी नगरको पुँजीगत रकम २ करोड ७९ लाख ८ हजार अनुमानित छ । मर्मतसम्भार, वातावरण, विपद् व्यवस्थापन, सार्वजनिक निजी साझेदारी,  बृहत खानेपानी आयोजना साझेदारी र गौतम बुद्ध सभागृहको साँवा फिर्ता (समपूरक कोष) मा ९९ लाख ९६ हजार रूपैयाँ छ।  कार्यालय भवन निर्माण क्रमागत आयोजना, नगर पूर्वाधार विकास, पक्की नाली, ढल र कालोपत्रे सडक, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार र सडक बोर्ड नेपालतर्फको कार्यक्रमका लागि बजेट तय गरिएको छ।

कृषि, वन तथा वातावरण, जनसंख्या तथा सामाजिक, संगठन तथा प्रशासन र जलश्रोत तथा भूमिसम्बन्धी कार्यक्रमका बजेट तय गरिएको कार्यकारी अधिकृत खाम्याहाङले जानकारी दिए। विभिन्न लक्षित समूहका लागि पनि नगरले अनुमानित बजेट विनियोजन गरेको छ।

चालू आवमा नगरपालिकाले १५ करोड ६५ लाख ४३ हजार रुपैयाँको आय–व्यय अनुमान गरेको थियो। यसमा २०७३ मंसिरसम्मको यथार्थ आय ३ करोड ५४ लाख ४७ हजार र व्यय २ करोड २१ लाख ४८ हजार रहेको नगरपालिकाले जनाएको छ । चालू वर्षको कुल आय–व्यय १४ करोड ६२ हजार कायम गर्ने खाम्याहाङले बताए।

 

प्रकाशित: २७ पुस २०७३ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App