coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

म्याग्दीमा लकडाउनको अवज्ञा गर्दै मासु काट्ने प्रहरी नियन्त्रणमा

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–९ ढाडिखेतमा लकडाउनको अवज्ञा गर्दै गाउँमा मासु काटिरहेको अवस्था भेटिएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँमा १२/१५ जनाको समुहमा राँगोको मासु काटिरहेको सूचनाको आधारमा स्थानीय यूवा, नेपाल यूथ काउन्सिलको सहयोगमा नेपाल प्रहरीले उक्त स्थानबाट हट्न गरेको प्रयासलाई अटेरी गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको हो।

करिब १५ जना रहेको अवस्थामा प्रहरी पुगेपछि भागा–भाग गरेका थिए। ग्रामिण क्षेत्रमा लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय समुदायसँग सहकार्य गरी भइरहेको अनुगमनमा भेटिएकालाई सचेत गराउने प्रयास गरेपनि अनुरोधलाई अटेर गदैं प्रतिवाद गरेपछि यूवाहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए। 

‘धमाधम कारवाही भइरहेको छ,‘हामीले प्रशासनलाई जिम्मा दिन्छौ’ प्रजिअ कुँवरले भने। नियन्त्रणमा लिइएकालाई संक्रामक   रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसूरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही समेत गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार लकडाउन यता संक्रामक रोग ऐन २०२० ऐन अन्तरगत सोमबार दुईजनाले कारवाही भोगिसकेका छन्, भने  बिनाकामकाज घरबाट बाहिर निस्किने, लकडाउनको उल्लंघन गर्नेलाई ऐन अन्तरगत कारवाही गरिने जनाइएको छ। 
 

प्रकाशित: १८ चैत्र २०७६ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App