७ वैशाख २०८१ शुक्रबार
समाज

प्रकोप व्यवस्थापन कोषमा सहयोग, श्रमिकलाई राहत

प्रकोप व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउदै यहाँको एक विद्यालयका प्रिसिपल । तस्बिर: अनिल/नागरिक

सिन्धुली- लकडाउन सुरु भई दैनिक ज्याला मजदुरी गर्ने तथा श्रम गरेर जिविकोपार्जन गर्नेलाई गाँसको समस्या भएसँगै प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा हुन थालेको छ। रकम जम्मा भएसँगै श्रमिकलाई राहत वितरण गर्न थालिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ।

प्रकोप व्यवस्थापन कोषमा कमलामाई नगरपालिकाले १२ लाख ६१ हजार रकम जम्मा गरेको छ। यस्तै नेपाल सरकारले प्रत्येक कर्मचारीको पाँच दिनको तलब कट्टा गरि कोषमा जम्मा गर्ने बताएसँगै कमलामाई नगरपालिकाले थप १ दिनको नगरपालिकाबाट तलब खाने सम्पूर्ण कर्मचारीको तलब कट्टा गरि कोषमा जम्मा गर्ने निर्णय गरेको कमलामाई नगरपालिका प्रमुख मेयर खड्गबहादुर खत्रीले जानकारी दिए।

यस्तै शिद्धबाबा बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले २७ हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिदिएका छन्। 'मैले १५ जना श्रमिकलाई १५ दिनलाईनै पुग्ने खाद्यान्न उपलब्ध गराउनका लागि यो रकम सहयोग गरेको हुँ,' मास्केले नागरिकसँग भने। नेपाल सरकारले कोरोना भाइरसबाट प्रभावित भई खाद्यान्न जोहो गर्न नसक्ने श्रमिक र मजदुरलाई खाद्यान्न राहत सहयोग गर्ने बताएको छ।

राहत सबै एकद्धार प्रणालीबाटै हुनुपर्छ, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भने,' कुनैपनि संघस्था वा व्यक्तिले आफ्नो मनोमानी राहत वितरण गर्न पाउदैन सम्बन्धित स्थानीय तहको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरि जम्मा गरिदिन आग्रह गर्दछौ।' कमलामाई नगरपालिकाले यहाँको ग्वाङ खोलामा गिट्टी कुट्ने ६६ जना श्रमिकलाई १५ दिनलाई पुग्ने गरि राहत प्याकेज वितरण गरेको जनाएको छ। 'हामीले ६६ जना गिट्टी कुट्ने श्रमिकलाई राहत उपलब्ध गराईसकेका छौ, बाकी अन्यलाई हामीले मजदुर विमा निःशुल्क गराएका छौ, त्यसैको आधारमा थप राहत वितरण गर्छौ,' मेयर खत्रीले भने।

सिन्धुलीका १ सय ३२ जना होम क्वारेन्टाइनमा
यसैबीच कोरोना त्रासले वैदेशिक रोजगारबाट सिन्धुली आएका १ सय ३२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। सिन्धुली घर भई भारत र अन्य विभिन्न मुलुकबाट वैदेशिक रोजगारीबाट फर्केकालाई होम क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। सिन्धुलीमा हाल १ जना आइसोलेसनमा १ जना पूर्ण क्वारेन्टाइनमा र १ सय ३२ जना होम क्वारेन्टाइनमा राखिएको छ, प्रजिअ पाण्डेले नागरिकसँग भने।  
 
                                       

प्रकाशित: १८ चैत्र २०७६ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App