६ वैशाख २०८१ बिहीबार
समाज

बाढी पीडितका लागि सहयोग जुट्दै

सुर्खेत- लकडाउनका कारण खाद्य संकट भोगिरहेका सुर्खेतका बाढी पीडितहरुका लागि सहयोग संकलन सुरु भएको छ। २०७१ सालको बाढीले घरबारविहिन भएका करिब एक हजार सात सय परिवार विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन्।

कोरोना भाइरसका कारण देशनै लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बाढी पीडितहरु अहिले संकटमा छन्। नागरिक दैनिकमा मजदुरी गर्न नपाउँदा बाढी पीडित शिविरमा खाद्य संकट उत्पन्न भएको समाचार प्रकाशित भएपछि विभिन्न व्यक्ति तथा संस्थाहरुले राहत रकम पठाउन थालेका छन्।

सोमबारसम्म बाढी पीडितहरुका लागि दुई लाख भन्दा बढी रकम संकलन भएको छ। दक्षिण कोरियामा कार्यरत सुर्खेतीहरुको संस्था सुर्खेत समाज दक्षिण कोरियाले बाढी पीडितहरुका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ। सुर्खेत समाजका कार्यवहाक अध्यक्ष पुष्कर बुढाथोकीले लकडाउनका कारण मजदुरी गर्न नपाएर भोकभोकै रहेका बाढी पीडितहरुका लागि खाद्यान्न सामग्री उपलब्ध गराउनका लागि आर्थिक सहयोग गरिएको बताए।

यस्तै अमेरिकाबाट ममिता नेपालीले ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएकी छन्। सुर्खेती चेली ममिताले घरबारविहिन बाढी पीडितहरुलाई लकडाउनले थप समस्या पारेको बताइन्। उनले थप सहयोगको बाचा पनि गरिन्।

मध्यपश्चिम फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमाल, नेपाल विद्यार्थी संघका निर्वतमान केन्द्रीय सदस्य विवेक आचार्य, न्यू हिमाल ट्रेडर्सका सञ्चालक एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी नेता हिमाल जैसीले २०–२० हजार सहयोग गरेका छन्।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य सुशील केसीले पाँच हजार, कर्मचारी लवराज सुवेदीले १० हजार, सामाजिक अभियन्ता कालिकोटका उपेन्द्र शाही, सुर्खेत महिला जेसीजका निर्वतमान अध्यक्ष एवम् सुर्खेत उद्योग वाणिज्य संघका सदस्य शिया कार्की प्रधान, व्यवसायी भुपेन्द्र बिसी, सनराइज बैंक सुर्खेतका शाखा प्रमुख सुष्मा केसी, ए वन एजुकेशन सेन्टरका सञ्चालक डायमण्डज्योति शर्मा, लायन्स क्लव अफ सुर्खेत बुलबुलेका कृष्ण ढकालले पाँच–पाँच हजार रुपैयाँ सहयोग गरेका छन्।

 

प्रकाशित: १८ चैत्र २०७६ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App