coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारागारभित्र कैदीको मृत्यु

नेपालगन्ज - नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु भएको छ। आपराधिक लाभ सम्बन्धी मुद्दामा कारागारमा रहेका नेपालगन्ज उपमहानगरपालिकास्थित एकलैनी निवासी ६० बर्षिय अस्ताक अहमद सिद्धिकीको मृत्यु भएको हो।

 जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले सिद्धिकी प्रेसरको बिरामी रहेको र लामो समयदेख औषधी खादै आएको बताए। मृतक सिद्धिकीलाई कानुनी प्रक्रिया पुरा गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेपालगन्ज कारागारमा अचेल आवत–जावतमा कडाई गरिएको छ।

 

प्रकाशित: १८ चैत्र २०७६ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App