८ वैशाख २०८१ शनिबार
राजनीति

भारत गएका नेपाली बारे सरकारको ध्यानाकर्षण

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भारतमा रहेका नेपालीका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। 

भारतमा मुस्लिम धर्मको एउटा कार्यक्रम ‘सेक्ट तबलिगी जमात ’को भेलामा २० जना नेपालीहरु सहभागी भएको स्मरण गर्दै उनीहरु स्वदेश फर्के नफर्केको विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको ध्यानाकर्षण गराएका हुन्। 

सो कार्यक्रम भारतको न्यू दिल्लीको निजामुदिंनमा भएको थियो। मुस्लिम धर्मको उक्त कार्यक्रमा २० नेपालीहरू सहभागी भएको र उक्त भेलामा  कोरोनाको प्रकोप फैलियाको खबरआएपछि डाक्टर महतले परराष्ट्र मन्त्री ज्ञावालिको ध्यानाकर्षण गराएको उनका सहयोगी अनुराग शाहले जानकारी दिए। 

नेपाली कांग्रेसका सहमहामन्त्री महतले मुस्लिम धर्मको उक्त कार्यक्रममा को को नेपाली सहभागी थिए? उनीहरु अहिले भारतमा छन या नेपाल फर्किसके ? भन्ने विषयमा सपरराष्ट्र मन्त्रीलाई प्रश्न गरेका थिए।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतको प्रश्नको जवाफमा परराष्ट्र मन्त्री ज्ञावालीले १२ बजेभित्र जानकारी गराउने बताएको शाहले बताए। 

कांग्रेस सहमहामन्त्री डाक्टर महतले मन्त्री ज्ञावालीसँग फोन संवाद गरे लगत्तै आफ्नो सामाजिक संजालमार्फत पनि सरकारलाई उक्त घटनाको ध्यानाकर्षण गराएका छन। उनले मुस्लिम धर्मको उक्त कार्यक्रममा सहभागी नेपालीहरु नेपाल फ़र्किसकेको भए ती नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने या नेपाल फर्किदै छन् भने सीमाबाटै उनीहरुलाई अलग बनाएर क्वारेन्टाइनमा राख्न माग समेत गरेका छन्।

प्रकाशित: १८ चैत्र २०७६ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App