१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रवेशको लागि दशगजामै नाराबाजी

रोकिएका नेपालीहरु ।

भैरहवा- नेपाल–भारत सीमा बेलहिया पारी रोकिएका नेपालीहरुले सोमबार राति दशगजामा नाराबाजी गरेका छन्। शनिबारदेखि भारतको दिल्लीसहित विभिन्न शहरहरुबाट सिमामा रोकिएका ३ सय ५० बढि नेपालीले प्रवेशको माग गर्दै दशगजामा उत्रेका हुन्।

दुबै देशमा लकडाउन भएका कारण सीमामै अलपत्र परेको नेपाली जवरजस्ती प्रवेश गर्न खोजेपछि सोमबार राति १० बजेदेखि दशगजा क्षेत्रमा रोकेर राखिएको छ। सुरक्षाकर्मीले सीमाबाट प्रवेश गर्न नदिएपछि उनीहरु दशगजामै प्रशासनविरुद्ध विरोध जनाएका हुन्।

प्रवेश नपाएपछि दशगजामै नेपालीहरु यत्रतत्र छरिएर बसेका छन् भने भारत जानका लागि अहिले विहानदेखि सयको हाराहारीमा भारतीयहरु पनि बेलहिया तर्फ जुटेका छन्।

नेपाल आएर भने शर्त अनुसार क्वारेन्टाइनमा बस्न तयार रहेको जनाएपनि हामीलाई सीमामा अलपत्र पारिएको छ। यही हुन्छ वा आफ्नो क्षेत्रको क्वारेनटाइनमा बस्ने गरी हामी नेपाल आउन तयार छौ अलपत्र नेपालीहरुले भने।

नाकामा अलपत्र परेकाहरुको सम्बन्धमा माथी जानकारी गराइसकेको, प्रवेश सम्बन्धी कुनै पनि आदेश आएको छैन इप्रका बेलहियाका प्रहरी निरीक्षक ईशवरी अधिकारीले बताए। प्रवेश दिने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए पनि रोकिएका नेपालीहरु रातिको खाना खाएपछि समूहगतरुपमा नेपाल प्रवेश पाउनु पर्ने भन्दै दशगजामा आएर प्रदर्शन गरेका थिए हामीले कडा सुरक्षा दिँदै प्रवेश हुन दिएनौ, अधिकारीले भने।

दिल्लीमा अलपत्र परेकाहरुलाइ उद्वार गरी भारतले नेपालीहरुलाइ बेलहिया नाकामा ल्याएर छोडी दिएको छ। शनिबारदेखि विभिन्न शहरहरुबाट आएका नेपाली भारतस्थित रोडवेज बसपार्क र त्यहाँस्थित एक विद्यालयमा बस्दै आएका थिए। सीमामा अलपत्र परेका यात्रुहरुलाई बेलहिया गाउँसमाज र सुनौलीका स्थानीयहरुले मिलेर खानाको व्यवस्था मिलाउनुका साथै सुरक्षित रुपमा नेपाल आउन दिने सम्बनधमा पहल समेत गरिरहेको छ।

 

प्रकाशित: १८ चैत्र २०७६ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App