७ वैशाख २०८१ शुक्रबार
राजनीति

बिदा पुनरावलोक गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्का निर्यणबारे जानकारी दिँदै संचारमन्त्री सुरेन्द्र कार्की। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–पृथ्वी जयन्तीमा बिदा नदिएर चौतर्फी आलोचना खेपेपछि सरकारले दिँदै आएको बिदालाई पुनरावलोक गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको वार्षिक बिदा पुनरावलोकन गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोकन  गर्ने भएको हो। बिदा पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा क्षेत्रीय र कुन समूदायका रुपमा दिने भन्ने निक्र्यौल हुने सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले बताए।

 सरकारले अंग्रेजी नयाँ वर्ष क्रिशमसका दिन बिदा दिएको सरकारले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजन्तीमा बिदा नदिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि राप्रपाकातर्फबाट सरकारमा सहभागी मन्त्री र नेपाली कांग्रेसकातर्फबाट मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा सरकारले बिदा दिनुपर्ने माग आफूले बैठकमा राखेपनि निर्णय हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा नेपाल एकीकरण गर्न पृथ्वीनारायण शाहले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।

प्रकाशित: २७ पुस २०७३ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App