८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

चीनको जिलोङ काउन्टीद्वारा समितिलाई स्वास्थ्य सामग्री प्रदान

रसुवा- चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। काउन्टीले सोमबार १५ प्रकारका सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो।

जिल्लास्तरमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि काउन्टीले सामग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘चीनले सहयोग स्वरूप १५ प्रकारका सामग्री उपलब्ध गराएको छ’, उनले भने, ‘हामी यसको आवश्यकता अनुसार प्रयोग गर्नेछौं।’

आवश्यकता अनुसार अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग गरिने उनको भनाइ छ। काउन्टीले विपद्मा आवश्यक पर्ने सामग्री यसअघि पनि दिँदै आएको थियो।

सोमबार उपलब्ध गराएको सामग्रीहरूमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सय सेट, डिस्पोजेबल गन १ सय वटा, आइ प्रोटेक्टेट गगल्स सय, डिस्पोजेबल हेड कभर २ सय, एन ९५ मास्क ४ सय, डिस्पोजेबल मास्क १० हजार, ह्याण्ड सेनिटाइजर ८०, इन्फ्रारेड थर्मोमिटर १४, सर्जिकल ग्लोब्स ८ सय, डिसइनफेक्टेन्ट लिक्युड (५ सय एमएल) ६० बोटल रहेको छ।

यस्तै साढे २ लिटरको डिसइनफेक्टेन्ट लिक्युड १० बोटल, २५ केजीको डिसइनफेक्टेन्ट लिक्यु्ड २ झोला, स्प्रिट ४ बोटल, ५ सय एमएलको ७५ प्रतिशत मेडिकल अल्कोहल ५ बोटल र स्किन अल्कोहल स्प्रे ५० पिस सामग्री सहयोग स्वरूप आएको छ।
    

 

प्रकाशित: १८ चैत्र २०७६ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App