७ वैशाख २०८१ शुक्रबार
समाज

घर निर्माणका लागि ठेक्का सम्झौता

घर निर्माणकालागि भएको सम्झौता पत्र एक आपसमा साटासाट गर्दै बाग्लुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत युवराज अधिकारी र निर्माण कम्पनीका नारायण जिसी ।

गलुङ–तीन दशकदेखि विस्थापित यहाँको माझी समूदायको व्यवस्थापनका लागि घर बन्ने भएको छ । बस्ती व्यवस्थापनका लागि घर निर्माण गर्न बाग्लुङ नगरपालिका कार्यालय, माझी बस्ती व्यवस्थापन समिति र मुक्तिनाथ विएण्डबी त्रिशक्ति निर्माण कम्पनी काठमाडौंबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

बस्ती निर्माणका लागि बागलुङ नगरपालिका—१ खनियाबासमा जग्गाको व्यवस्थापन भएको छ । बाग्लुङ पोखरा राजमार्ग निर्माणका क्रममा २७ वर्ष अघि विस्थापित माझी समूदाय बसेको बांगेचौर खेलमैदान छेउमा एक कार्यक्रम गरी सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतापछि अबको एक वर्ष भित्र १४ वटा घर निर्माण हुने बाग्लुङ नगरपालिका कार्यालयका इन्जिनियर त्रिलोचन गिरीले बताए।

 ‘सम्झौतामा हस्ताक्षर भएको मितिले एक वर्ष भित्र घर निर्माण गरिसक्नुपर्नेछ,’ गिरीले भने, ‘लामो प्रयासपछि हामी यो चरणसम्म आइपुगेका छौं, अब विस्थापितले आफ्नै घर पाउँछन् ।’

 बस्ती निर्माणका लागि १ करोड १३ लाखको लागत इस्मिेट भए पनि निर्माण कम्पनीले ८२ लाख ३० हजारमा निर्माण गर्ने भनि बोली लगाएको छ । प्रत्येक घरमा तीन कोठा सहित ट्वाईलेट बाथरुमको व्यवस्था हुने गिरीले बताए। निर्माण कम्पनीका नारायण जिसीले कुनै अवरोध नभए सम्झौता अवधी अगाडि नै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । ‘हामी निर्धारीत समय भन्दा अगाडि नै काम सम्पन्न गर्न सक्छौं,’ उनले भने,‘तर यसका लागि सबैको सहयोग आवश्यक छ, समयमा भुक्तानी हुनुप¥यो।’ सरकारी कार्यालयमा कहिले हाकिम हुनुहुन्न, कहिले लेखापाल हुनुहुन्न भनेर भुक्तानी दिन ढिलाई गर्दा कामहरु समयमा नसकिने समस्या रहेको उनले बताए।

विस्थापित १४ घर परिवार माझी समूदायका व्यवस्थापनका लागि घर निर्माणको काम सम्पन्न भएपछि अन्य पूर्वाधार नगरपालिकाले निर्माण गर्ने बाग्लुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए ।

‘आज घर बनाउने सम्झौता भएको छ,’ कार्यकारी अधिकृत अधिकारीले भने, ‘बस्तीमा आवश्यक पर्ने, खानेपानी, विद्युत, सडक लगायत अन्य पूर्वाधारका लागि नगरपालिकाले सम्बन्धित कार्यालयसंग समन्वय गरेर काम गर्छ।’ एक दशक अघि नै माझी बस्तीलाई व्यवस्थापन गर्ने प्रयास भए पनि सरकारी उदासिनताले सफल नभएको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए।

 ‘सरकारी निकायबाट काम होला भनेर हामीले सिडीओको मुख ताक्यौं, नगरपालिकालाई झकझक्यौं,’ रानाले भने,‘तर केही नलागेपछि हामी स्थानीयले पहल ग¥यौं, अहिले घर निर्माणको सम्झौता भएको छ ।’ रानाले माझी समुदायका लागि छिटो घर बनाउन गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरेको बताए । ‘तपाईको अन्यत्र पनि काम होला त्यो संग हाम्रो सरोकार भएन, यो गरिब र पीडितहरुको घर हो जतिसक्दो छिटो बनाउनुस् भनेको छु,’ उनले भने । घर निर्माणका लागि ठेक्का सम्झौता भएपछि विस्थापित माझी समूदाय खुशी भएका छन् ।

                  

प्रकाशित: २७ पुस २०७३ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App