८ वैशाख २०८१ शनिबार
समाज

सिरहामा अस्थायी कोराना अस्पताल सञ्चालन

लहान - सिरहाको धनगढीमाई नगरपालिका– ११ मा अस्थायी कोरोना अस्पताल सञ्चालन गरिएको छ। खाली रहेको महेन्द्र गेनाई अस्पतालको भवनलाई कोरोना विरामीको उपचारका लागि सञ्चालनमा लयाइएको हो। 
अस्थायी कोरोना अस्पतालमा १८ वटा आइसोलेसन बेड व्यावस्थापन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँकाअनुसार अहिलेलाई १८ वटा आइसोलेसन बेड व्यवसथापन गरिएपनि आवश्यकताअनुसार बढाउन सकिन्छ। कोरोना अस्पताल सञ्चालनमा ल्याइएपनि आइसियु र भेन्टिलेटरको सुविधा चाहिँ छैन्। प्रजिअ गुरागाइँ भन्छन्,‘आइसियु वा भेन्टिलेटरको आवश्यकता पर्ने विरामीलाई जनकपुर रेफर गरिदिन्छौ।’ अहिलेसम्म यस अस्पतालका लागि आइसियु वा भेन्टिलेटर व्यवस्थापनबारे नसोचेको उनले बताए। अक्सिजनसहितको आइसोलेसन वार्ड छ, अरु सुविधा छैन्, उनले भने।

यससँगै, जिल्ला अस्पताल सिरहामा अक्सिजनसहितको ७ वटा आइसोलेसन बेड, लहान अस्पतालमा ५ बेड, आरके मेडिसिटीमा ५ बेड फूलकुमारी मेमोरियल अस्पतालमा ५ बेड गरी ४० वटा आइसोलेसन बेड तयार भैसकेको प्रजिअ गुरागाइँले बताए। जिल्लाको १७ वटै स्थानीय तहमा गरी १ सय ९१ बेडसहितको क्वारेन्टाइन व्यवस्थापन भैसकेको उनले बताए।

प्रकाशित: १७ चैत्र २०७६ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App