८ वैशाख २०८१ शनिबार
समाज

बाजुरामा ज्वरोका विरामी देखिए

बाजुरा - बडिमालिका नगरपालिका ४ रिलामा ज्वरोका विरामी देखिएका छन्। भारतबाट फर्किएका तीन जनामा सामान्य ज्वरोको लक्षण देखिएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्। 

देश लक डाउनको घोषणापछि जिल्ला बाहिरबाट आएका २४ जना मध्ये तीन जनामा ज्वरोको समस्या देखिएको नाथको भनाई छ। ज्वरोको समस्या देखिनेमा भारतबाट आएका ७ जना मध्ये तीन जना रहेका छन्। एक जनाको औषधी सेवनपछि निको भएको र दुई जनामा समस्या कायमै रहेको बुझिएको छ।

  स्वास्थ्य कर्मीले जाँच गर्दा ९८ डिग्री तापमान भएपनि पूर्ण रुपमा निको नभएको पाइएको छ। स्वास्थ्य चौकीमा उपचार गराउँदा जाँदा दिएको औषधी खाएर पनि ज्वरोको समस्याले नछोडेको विरामीले बताएका छन्।

रिलामा मात्र भारतबाट ७ जना, काठमाडौंबाट ८ जना, धनगढीबाट ६ जना र महेन्द्रनगरबाट ३ जना आएका छन्। तीनीहरु हम क्वारेन्टाइनमा बसिरहेका छन्। तर पनि अलग कोठा र खानपानको व्यवस्था नभएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।

नगरपालिकासँग वडाको बजेटबाट अलग बस्ने गरि क्वारेन्टाइनमा राख्ने प्रस्ताव गर्दा गर्न नसकिने बताएपछि घरमा बस्न लगाएको तर ज्वरोको लक्षण नियमित देखिएको नाथको भनाई छ। कोरोनाको लक्षणसँग मिल्दो जुल्दो नभएपनि ज्वरोको समस्या देखिएकोले क्वारेन्टाइनमा राख्न उचित हुने बताईएको छ। 

तर यस बारे बडिमालिका नगरपालिका र अन्य सरोकार राख्ने निकायले भने सामान्य संक्रमण भएको र मौसम परिवर्तनका कारण देखा परेको बताउने गरेको छ। तर रिलाका एक जना स्थानीयका अनुसार भने मौसमी संक्रमण भएपनि रुघाखोकीको जस्तो लक्षण भएका विरामीको संख्या धेरै भएपनि अधिकांशले उपचारका लागि जान तयार नदेखिएको दाबी गरेको छ।

प्रकाशित: १७ चैत्र २०७६ १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App