८ वैशाख २०८१ शनिबार
समाज

काेराेना त्रासकाबीच खेतीपातीमा किसान (फोटो फिचरसहित)

पाँचथर– सोमवार दिउँसो फिदिम नगरपालिका–४ को थापाटारको फाटिलो खेतमा किसानहरु धमाधम चैते धान रोपाईका लागि काम गरिरहेका देखिन्छन्।  फराकिला गरा भएको थापाटारमा कतै रोपाई चलिरहेको छ त कतै, कतै रोपाईको तयारीमा छन् किसानहरु। छुपुछुपु धान रोपिरहेका  रोपारहरु तथा बाउसेबिच कोरोना भाईरसबारे कुरानकानी भइरहेको सुनिन्थ्यो।

कतै जे होला होला भन्ने सुनिन्थ्यो त काम नगरि के गर्ने भन्ने किसिमका कुराहरु सुन्न पाईन्थ्यो। थापाटारभन्दा नजिकै रहेको हेवाखोला किनारामा रहेका खेतहरुमा पनि किसानहरु ध्माधम काम गरिरहेका थिए। किसानहरु निक्कै धावा (हतार)मा देखिन्थे। हिलिहाङ–७मापर्ने हेवा खोला नजिकै रहेको खेतमा रोपाई गरिरहेका ६४ वर्षिय किसान रामबहादुर योक्पाङदेनले गजब्बै गफ गरे। ‘ अब खेतलाई बाझो राख्नु भएन। गाँउतिर त्यो कोनी के भन्ने भाईरसले बाहिर ननिस्कुन भनेर रेडियो फुकिरहेको छ। यतिवेलाकामनगरे कतीबेला पछि के खानु ?’

उनको कुरामा कोरानोको त्रास देखिन्थ्यो। छेउमै लगाउदै गरेको दादे रोकेर अर्का किसान अन्तरविर योङहाङले भने ‘आत्ममा डर छ। काम त गर्नैपर्यो। गाँउमा यो भाईरस नआई पुग्ला भन्ने आशा छ। औलका खोला किनारमा खेतमा किसानहरु चैते धान रोप्न व्यस्त छन्। कोरोना त्रास ग्रामिण क्षेत्रसम्म पुगे पनि किसानहरु खेती किसानीमा जुटिरहेकै छन्। सहर तथाबजार लक डाँउनले ठप्प भएका बेलात्रास भए पनि किसानहरु पूर्ववत काम गरिरहेका छन्।

 धेरै बेसीहरुमा किसानहरु धान रोप्न खटिएका छन्। जिल्लाका हेवा, तमोर, कावेली, फेमे, निवु, नुवाखोलालगायतका आसपासमा चैते धान रोप्न धमाधम छ। त्यसोत यति बेलाबारीमा मकै छर्ने, अदुवा रोप्ने, बर्षभरीका लागि दाउरा जोहो गर्ने, आलु खन्ने तथा लेकमा आल गोड्ने, अलैचीमा पानी लगाउने र दैनिक घाँस दाउरा गर्ने काममा किसानहरु खटिएका देखिन्छन्।

जिल्ला सदरमुकाम तथा ग्रामिण बजारहरु ठप्प छन्।किसानहरु त्रासका साथ काममा खटिएका देखिन्छन्।गोठ बनाउने काठ बोकिरहेका भारपा भन्ने ठाँउका फर्वा तामाङको शब्द भने ‘घरबाट ननस्किुन भनेका छन्। हामी किसानको काम घर बाहिर हुन्छ। तर टाढा टाढा भने गएका छैन्। घरवरिपरि त हो।’उनले भनेझै उक्तगाँउमा मकै छर्ने तथा आलु खन्ने काम गरिरहेका किसानहरु देखिन्थे।

सञ्चारका विभिन्न माध्यमबाट तत्काल कोरोना कहरको खवर गाँउ पुगिरहेको छ। देशका विभिन्न ठाँउमा छरिएकाहरु गाँउ आएका छन्। विदेशबाट आएकाहरुसँग गाँउलेहरु बढि डराएका देखिन्छ। जनप्रतिनिधिहरु सचेतना जगाउने काममा लागेका छन्। घरबाहिर ननिस्कनु भनिएपछि किसानको काम बाहिरै हुने उनीहरुको भनाई छ। डरसरी भए पनि काम गरिरहेको भारपाका अर्का किसान ओमदत्त रिजालले भने। उनकाअनुसार गाँउमा भेला हुने, गाँउगाँउ घुम्ने, चिया खाएर खफिने काम भने भएको छैन्।

कृषि तथा पशुपालनका काममा किसानहरुको व्यवस्थता कायम नै छ। कोरोनाको भय भएपनि नियमित काम गर्नु पर्ने बाध्यता भएको उनीहरुको बुझाई छ। जिल्लामा अधिकतर ग्रामिण क्षेत्र छ। ग्रामिण क्षेत्रको मुख्य पेशाको रुपमा कृषि  रहेको छ। ‘चौरीलाई घाँसपात गर्ने, दुहुने काम गरिरहेका छौँ। कोराना भईरसको डर त जताततै छ।

तर दिनमा गर्नुपर्ने काम गरिरहेको छौँ’ उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङको सिक्रेका चौरी पालक राजेन्द्र राईले भने ‘एक गोठबाट अर्को गोठ जाने काम बन्दभ एको छ। यो त सिमा क्षेत्र पनि हो। यो जंगलमा कोरोना आउदैन होला भन्ने लागेको छ।’

 

तस्बिर ःगिरिराज बाँस्कोटा/नागरिक

प्रकाशित: १७ चैत्र २०७६ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App