१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुख्यमन्त्री राउतद्वारा सुरक्षित रहन अपिल

फाइल तस्बिर : नागरिक

जनकपुरधाम - प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्कटको यो घडीमा आफ्ना् परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफुलाई नै सुरक्षित राख्न प्रदेशवासीसमक्ष अपिल गरेका छन्।

 मुख्यमन्त्री राउतद्वारा आज जारी गरिएको विज्ञप्तिमा आफुलाई सुरक्षित राख्न उच्चस्तरको व्यक्तिगत सरसफाइका साथै कम्तीमा अर्कोसँग डेढ मिटरको दूरी कायम गर्न, विसञ्चो भएमा घर वा क्वारेन्टाइनमा निर्धारित दूरी बनाएर बस्न र आवश्यक परेमा स्वास्थ्य परीक्षण गर्न प्रदेशवासीलाई सुझाव दिएका छन्। कोरोना भाइरसको सम्बन्धमा अधिकारिक सूचनामाथि विश्वास गर्न र आप्mना सहकर्मीप्रति सहयोगको भावना, सबैसँग आदरभावको व्यवहार गर्न सुझावका साथै उनले आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको स्वास्थ्य उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान राख्न आग्रह गरेका छन्।

आफ्नो सुख सुविधा भुलेर नागरिकको उच्च सेवाभावप्रति समर्पित हुन आह्वान गर्दै मुख्यमन्त्री राउतले ‘लकडाउन’का कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका प्रदेशका विपन्न र मजदुरका लागि प्रदेश सरकारले स्थानीय तहमार्फत खाद्यान्नको व्यवस्था गरेको हुँदा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय प्रशासनलाई उचित  व्यवस्थापन गर्न आग्रह गरेका छन्। नेपाल सरकारले ‘लकडाउन’ महामारी रोक्नका लागि गरेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले यो लामो समयसम्म नरहने र यस सङ्कटको घडीमा घैर्यताका साथै बुद्धि, विवेकको प्रयोग गरी समस्याको समाधानतर्फ जुट्न सुझाव दिए।

आफ्नो बोली र व्यवहारले पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिने भन्दै उहाँले विज्ञप्तिमा आ–आफ्ना  दैनिकीमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्न आह्वान गरेका छन्। रासस

* यसअघि गलत तस्बिर पर्न गएकोमा सुधार गरिएको छ।

प्रकाशित: १७ चैत्र २०७६ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App