७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोना त्रासले रातदिन खट्दै जनप्रतिनिधि

रामेछाप- विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९(कोरोना भाइरस)को त्रास जिल्लाभर बढीरहेको बेला जिल्लाका जनप्रतिनिधिहरु भने अहोरात्र प्रकोप रोकथामका लागि दौडधुप गरिहेका छन्। कोरोनाको त्रासका कारण सरकारले लामो समय विदा दिएपछि शहर र विदेशबाट समेत मानिसहरु जिल्ला तथा गाउँमा भित्रिएपछि यतिबेला अधिकांश जनप्रतिनिधिहरु हैरान बनेका छन्। उनीहरु हैरान नमानी प्रकोप रोकथाम गर्न र नागरिकलाई प्रकोपबाट जोगाउन यतिबेला दिनरात नभनिकन जिम्मेवारीमा खटिरहेका छन्।

मान्छे घर नआउन भन्ने हैन तर यस्तो प्रकोपका बेला घर आएका मान्छेहरु गाउँकै दुर्भाग्य नबनुन् भनेर आफूहरु लागि परिरहेको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले बताए। हामी बाहिरी देशबाट जिल्लामा भित्रिएका मान्छेहरुका लगत राखेर निगरानी बढाउन लागि परिरहेका छ्रौ तर लगत राख्नकै लागि यतिबेला हामीलाई समस्या बनेको छ प्रमुख बस्नेतले बताए। स्वास्थ्य संयोजक वडा सचिव र वडाध्यक्षसहितको समितिले वडामा भित्रिने बैदेशिक रोजगारीमा गएर आएका मान्छेहरुको लगत लिन खोज्दा यतिबेला आफूलाई केही भएको छैन र थाहा दियो भने दुःख मात्र बढी हुन्छ भन्दै बस्नेहरुले समस्या बनाउने स्थिति आएको नगर प्रमुख बताउँछन्। गाउँमा जादा सूचना लुकाउनेहरुले समस्या बनाएको अन्य जनप्रतिनिधिहरु समेत बताउँछन्।

मन्थली नगरपालिका मात्र हैन जिल्लाका जिल्लाका ८ वटै पालिकाका जनप्रतिनिधिहरु पालिकादेखि वडासम्म विदेशबाट गाउँ भित्रिएका नागरिकहरुको लगत संकलन गरी उनीहरुको निगरानी  बढाउने र क्वारेन्टाइनमा राख्ने तयारीमा तीब्र लागि परिरहेका छन्। जिल्लाका प्रत्येक पालिकामा आवश्यकता अनुसारका आइसोलेसन कक्ष र क्वारेन्टाइन कक्ष समेत बनाएर जनप्रतिनिधिहरु दिनरात खटेका छन्।

सबै तरिकाले लागि पर्दा पनि बाहिरबाट आउने मानिस नै समस्या र चुनौतीको विषय बनेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तमाङले बताए। चाँडबाडमा समेत गाउँ नभित्रिने मानिसहरु यतिबेला गाउँ भित्रिएका छन्। को मान्छे कहाँबाट र कसरी आएको छ त्यसको जानकारी छैन, यस्तो खालको अवस्थाले त्रास बढेको तमाङ बताउँछन्। हामी रातदिन लागेर शंकास्पद मान्छेहरुको दैनिक अपडेट लिने र आवश्यकता अनुसार सजगता अपनाउन पालिकाभित्रका सबै क्षेत्रलाई आ आफ्नो ठाउँबाट परिचालन गरी सुरक्षा अपनाउने व्यवस्था मिलाइएको तमाङको भनाइ थियो।

संकटको यो घडीमा जिल्लाका जनप्रतिनिधीले गरेका कामका नागरिक अगुवाहरुले सामाजिक संजालबाट प्रशंसा समेत गर्न लागेका छन्। जिल्लाका प्रायजसो सरकारी कार्यालयका प्रमुख अनि कर्मचारीहरु कार्यालय विदा गरी घरमा बसको अवस्थामा पालिकामा रहेका अधिकांश प्रमुख प्रशासकिय अधिकृतहरु समेत जनप्रतिनिधी सँगै अहोरात्र खटिएका छन्।

जिल्लाका ८ वटै स्थानीय तहले उच्च सतर्कता र सावधानीका साथ काम गरिरहेकाले नागरिक सुरक्षित हुन सक्ने अवस्था त छ तर पनि सर्वसाधारणले जनप्रतिनिधिको अभियानमा खुलेर साथ दिनुपर्ने र व्यक्तिगत सुरक्षा र सतर्कतामा भने अझै विशेष ख्याल दिन जरुरी रहेको मन्थली नगरपालिका नगर प्रमुख रमेशकुमार बस्नेतले बताए। यता प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सबै क्षेत्रमा उच्च सतर्कता अपनाउने प्रयास गरिएकाले जोखिमकै अवस्था भने अहिले सम्म जिल्लमा नदेखिएको बताइन्।

जोखिम बढ्न सक्ने संभावना अझै भएकाले सरसफाइ र व्यक्तिगत सुरक्षामा भने सबै नागरिकले चासो दिनुपर्ने अवस्था भने रहेको बताइन्। स्थानीय प्रशासनले प्रकोप नियन्त्रणका लागि कुनै पनि कसुर बाकी नराखेको र जिल्लाका सबै संयन्त्रलाई प्रकोप नियन्त्रणका लागि परिचालन गरिएको जानकारी दिइन्।

 

प्रकाशित: १७ चैत्र २०७६ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App